देशभर थपिए १५ कोरोना संक्रमित, १८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १८ जना संक्रमण मुक्त भएा छन् । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment