कहिल्यै आफ्नो नाभिमा मह लगाउनुभएको छ ? जान्नुहोस् यसका अचम्मका फाइदाहरु

डिसी नेपाल
१६ वैशाख २०७९ १३:५४

काठमाडौं ।  मौरीहरूले विभिन्न प्रजातिका वनस्पति (जडिबुटी हरूको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ । आयुर्वेदिक औषधीय गुण भएको ुखाए पनि ठीक लाए पनि ठीकु बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । मह धेरैलाइै मन पर्ने गर्दछ । यो मीठो चिजमा एन्टी ब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको प्रयोगले हार्मी धेरै रोगसँग लड्न पनि सक्छौं । आयुर्वेदमा पनि महलाई धेरै रोगको रामबाण औषधी मानिन्छ । यही कारणले गर्दा केही स्वास्थ्य विशेषज्ञहरूले यसलाई नाभिमा लगाउन सुझाव दिन्छन्।

नाभिमा मह लगाउनुका आश्चर्यजनक फाइदा यस प्रकार छन् ।

छालाको समस्याबाट छुटकारा पाउनुहोस् : दौडधुपको जीवनमा हामी प्रायः आफ्नो छालाको विशेष हेरचाह गर्न सक्दैनौं । जसका कारण छालामा सुख्खापन आउन थाल्छ । हरेक दिन महलाई नाभिमा लगाउने हो भने केही दिनमै छाला नरम हुन्छ। साथै छालामा ग्लो पनि देखिने हुन्छ । किनभने यो महले मोइस्चराइजरको काम गर्छ ।

पेट दुखाइबाट राहत पाउनुहोस्: पेट दुख्ने समस्याबाट छुटकारा पाउने उपायको बारेमा तपाईले प्रायः सुन्नु भएको होला । तर के तपाईलाई थाहा छ ? महको प्रयोगले यो समस्यालाई हटाउन सकिन्छ । यसका लागि मह र अदुवाको पेस्ट बनाएर नाभीको वरपर लगाउनुहोस् । केही समयमै राहत पाउनुहुनेछ। यसले पाचन सम्बन्धी समस्या पनि हटाउँछ ।

संक्रमणका विरुद्ध सुरक्षाको काम गर्दछ: महमा एन्टी–ब्याक्टेरियल तत्व पाइन्छ। जसले इन्फेक्सनलाई पनि रोक्न सक्छ। यसका लागि पनि हामीले पेट दुखाइको लागि बताएको लगभग एउटै उपाय छ। अदुवाको रस र मह मिसाएर नाभीमा लगाउनुहोस्। यसले छालामा भएको संक्रमणलाई निमूर्ल पर्ने काम गर्दछ ।

यसका साथै  मह र अमला चूर्ण (धुलो)एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो उपलब्धिमूलक नै रहेको छ । हप्तामा दुई–तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगले आक्रमण गर्न पाउँदैनन् । साथै बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *