हेटौंडा उपमहानगरका मेयर महत आचारसंहिता विपरीत चुनावी प्रचारप्रसारमा

डिसी नेपाल
१६ वैशाख २०७९ १७:५१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ ।

बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहेको भन्दै सर्वसाधारणले उनको विरोधसमेत गरेका छन् । उनले भाषणको क्रममा मतदातालाई प्रभाव पार्ने गरी आश्वासनसमेत दिँदै हिँडेको आरोप लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *