केराबारी गाउँपालिकाको निर्वाचन स्थगित

डिसी नेपाल
१६ वैशाख २०७९ १९:१३

मोरङ ।आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देन लिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ ।

मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देन लिम्बूको आज मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उनले स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *