बालेनको ‘लौरो’ ले क-कसलाई हिर्काउला ?

शरद रिजाल
१८ वैशाख २०७९ ७:३४

काठमाडौं। स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको चुनावी अभियान तीव्र बन्दै गएको छ। शनिबार मात्र निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ। सबैले चासोका साथ हेरिएको काठमाडौं र चितवन महानगरका बागी तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाइसकेका छन्।

काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह प्राप्त गरेका छन् भने चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलले भुइँकटहर चिन्ह पाएका छन्।
यी दुबै महानगरमा बागी र स्वतन्त्र उम्मेदवारले मतपरिणाममा कस्तो प्रभाव पार्लान् वा मतपरिणाम आफ्नो पक्षमा ल्याउलान्? सबैले रुचीपूर्वक अड्कलबाजी गरेका छन्।

चितवनमा प्रचण्डपुत्री रेणु दाहाल गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी छिन्। उनको जित सुनिश्चत होस् भनेर गठबनधनका शिर्षस्थ नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता ल्याउन निकै दौडधुप गरे।

गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठले त उनकै निवास पुगेर समेत उम्मेदवारी फिर्ता लिन अनैकौं प्रयत्न गरे। अनेकौ दबाव, आग्रह र आश्वासनका बाबजुद पौडेलले उम्मेदवारी फिर्ता गरेनन्। उनलाई राजदूतसम्मको अफर गर्दा समेत उनले उम्मेदवारी फिर्ता लिन इन्कार गरेको चर्चा हुने गरेको छ।

उनको उम्मेदवारीले भरतपुरको मतपरिणाममा यथोचित प्रभाव पार्ने देखिएर नै काठमाडौंबाट गठबन्धनका नेताहरुको उम्मेदवारी फिर्ता लिन तीव्र रस्साकस्सी नै चल्यो। उनको उम्मेदवारीले मतपरिणाममा कति प्रभाव पार्ला, उनी स्वयम् नैे विजयी बन्लान् वा कांग्रेसको मत कटौती गरेर अरुलाई नै विजयी बन्ने स्थिति सिर्जना गर्लान् त्यो भने आगामी निर्वाचनको मत परिणामले निक्र्यौल गर्ने छ।

सामाजिक संजालमा बढ्दो लोकप्रियता उनले प्राप्त गर्ने मतमा प्रकट हुने हो भने अन्य काठमाडौंका मेयरका उम्मेदवार भन्दा उनको उल्लेख्य मत आउनेमा कुनै शंका छैन। यद्यपि हाम्रो जस्तो दलीय ब्यबस्थाको राजनीतिक विरासतको रुपमा रहेको समाज अझैपनि दलीय चुनाव चिन्हलाई नै सर्वोपरी ठान्ने प्रवृत्ति यथावत छ।

यस्तै काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी दिएर चर्चामा आएका सेलिब्रेटी बालेन शाह पछिल्लो समय निकै चर्चित बनेका छन्। सामाजिक संजालदेखि यत्रतत्र उनकै चर्चा परिचर्चा व्याप्त छ। उनको उम्मेदवारीले पनि मतपरिणाममा यथेष्ट प्रभाव पार्ने आँकलन गरिएको छ।

बिगतको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने काठमाडौं महानगरमा नेवार समुदायको बाहुल्यताकै आधारमा मतपरिणाम आएको देखिन्छ। गत स्थानीय निर्वाचनमा काठमाडौंकै नेवार समुदायका विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए। उनको त्यतिबेलाको मतभारलाई हेर्ने हो भने अन्य उम्मेदवारको तुलनामा उनको मत उल्लेख्य नै थियो। उनले आफ्नो निकटतम प्रतिष्पर्धी कांग्रेसका राजुराज जोशी भन्दा करिव बीस हजार मतान्तरले विजयी बनेका थिए।

त्यस्तै मतभारको आधारमा तेश्रो स्थानमा रहेकी विवेकशील नेपालकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याउन सफल भएकी थिइन् । गत निर्वाचनको आकडा अनुसार यस पटक रञ्जु दर्शनाको स्थान बालेनले ओगट्ने समेत कतिपयले विश्लेषण गर्ने गरेका छन्।

यसपटकको निर्वाचनमा मेयरमा काठमाडौंकै नेवार समुदायबीच प्रतिष्पर्धा हुने र गत निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शनाको स्थान बालेनले प्राप्त गर्ने वा स्वयम् उनको जित सुनिश्चत हुन्छ त्यो भने निर्वाचनको परिणामले उजागर गर्ने छ । तर,बालेनले उल्लेख्य मत ल्याउँछन् भन्ने उनको सामाजिक संजाल र युवाहरुमाझ बढ्दो क्रेजले देख्न सकिन्छ ।

सामाजिक अभियन्तादेखि कलाकारसम्म उनको पक्षमा सामाजिक संजालमा पैरवी गरिरहेका छन्। अधिकांश कलाकार, रंगकर्मी, सामाजिक अगुवा, पूर्व कर्मचारी उनको पक्षमा प्रचारप्रसार गर्दै सामाजिक संजाल रंग्याइरहेको देखिन्छ।

बालेनले चुनाव चिन्ह प्राप्त गर्दै गर्दा अधिकांश युवादेखि बिभिन्न क्षेत्रका अगुवाहरुले उनको चिन्हलाई लिएर अनेकौं सकारात्मक टिप्पणी गरेका छन्। बालेन स्वयम्ले चुनाव चिन्ह ग्रहण गर्दै गर्दा बा आमालाई टेकाउन मिल्ने र भ्रष्टचारीलाई सेकाउन मिल्ने भन्दै सामाजिक संजालमा लौरो अंकीत तस्वीर सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेसँगै हजारौंले संजालमा सेयर समेत गरिसकेका छन्।

सामाजिक संजालमा बढ्दो लोकप्रियता उनले प्राप्त गर्ने मतमा प्रकट हुने हो भने अन्य काठमाडौंका मेयरका उम्मेदवार भन्दा उनको उल्लेख्य मत आउनेमा कुनै शंका छैन। यद्यपि हाम्रो जस्तो दलीय ब्यबस्थाको राजनीतिक विरासतको रुपमा रहेको समाज अझैपनि दलीय चुनाव चिन्हलाई नै सर्वोपरी ठान्ने प्रवृत्ति यथावत छ।

अन्य ठूला पार्टीका चुनाव चिन्हहरु लामो समयदेखि मतदाताहरुसँग चिरपरिचित छन्। चुनाव चिन्ह एउटा प्रतिकात्मक चिन्ह भन्दा पनि त्यसले जनमानसमा छुट्टै प्रभुत्व कायम गरेकाले मतदाताहरुले कसरी प्रकट गर्ने हुन् त्यो भने यसै भन्न सकिने अबस्था छैन।

काठमाडौंका सचेत मतदातालाई चिन्हले खासै प्रभाव नपार्नेमा बालेन शाह विश्वस्त छन्। उनले डिसी नेपालसँगको कुराकानीमा सचेत र शिक्षित मतदाताहरुलाई निर्वाचन चिन्हले कुनै फरक नपार्ने बताए। उनले आफूले घोषणा गरेको ९० हजार ८सय ३५ मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताए।

उनले भने, ‘अन्य ठाउको सन्र्दभमा फरक होला तर काठमाडौंंको हकमा भने चुनाव चिन्हले फरक पार्दैन। यहाका मतदाताहरु शिक्षित र सचेत भएकाले चिन्हमा भन्दा उम्मेदवारलाई प्राथमिकता दिने हुँदा चिन्हले खासै फरक पार्ने देखिँदैन।’ उनले आफुले सार्वजनिक गरेको मतपरिणाममा कुनै बदलाव नआउने दाबी गरे।

नेवार समुदायको बाहुल्यता भएको ठाउँमा अन्यलाई मत आउनेमा कति विश्वस्त हुनुहुन्छ ? भन्ने प्रश्नमा बालेनले आफू पनि नेवाःसमुदायकै पक्षमा रहेकाले मत आउनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘नेवाः भनेको सभ्यता र संस्कृति हो। यहाँका हरेक सभ्यता र संस्कृतिको संरक्षण गर्दै त्यसको संवद्र्धन र प्रवद्र्धनगरि सास्कृतिक नगरीको विकास गर्ने मेरो उद्देश्य छ। यहाँका पुरातात्विक ऐतिहासिक महत्व बोकेका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्ने मेरो जोड छ त्यसैले म पनि नेवा समुदायकै हुँ।’

उनले आफूलाई काठमाडौंबासी मतदाताहरुले मत दिनेमा विश्वस्त रहेको बताए। आफूले घोषणा गरेको मतपरिणाममा कुनै फेरवदल नआउने र तोकिएकै मतपरिणाम लिएर विजयी हुने उनको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *