तौल घटाउन चाहनुहुन्छ ? खानुहोस् यी तरकारीहरु…
काठमाडौं । हाम्रो खानपान, जिवनशैलीका कारण तौल बढी रहेको हुन्छ । तौल घटाउने प्रयासमा मानिसहरूले धेरै समस्याहरू सामना गर्छन्। किनभने एक पटक पेट र कम्मर वरिपरि बोसो जम्मा भयो भने यसलाई हटाउन निकै मुस्किल पर्ने गर्दछ । मोटोपनाका कारण धेरै मानिसहरु चिन्तित हुने गर्दछन् । आउनुहोस् जानौं ती तरकारीहरू कुन हुन् जसले तौल घटाउन मद्दत गर्छ।
तौल घटाउन खानुहोस् यी तरकारीहरु:
फर्सी– फर्सी एकदमै स्वस्थ तरकारी हो। यसलाई तौल घटाउने खाना मानिन्छ। किनभने फर्सी खाँदा तौल घट्छ र पेटको बोसो पनि छिट्टै पग्लन्छ । फर्सी प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ । त्यसैले फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नका साथै तौल घटाउन पनि मद्दत गर्छ ।
सिमी– सिमीमा यस्ता धेरै पोषक तत्व हुन्छन् जसले शरीरलाई राम्रो पोषण दिनुका साथै तौल घटाउन पनि मद्दत गर्छ । यसले गर्दा मांसपेशीको वृद्धि राम्रो हुन्छ र पाचन प्रणाली पनि राम्रो हुन्छ ।
टमाटर– टमाटरले एन्टिअक्सिडेन्टको काम गर्छ । यसमा पाइने लाइकोपीनले मेटाबोलिजम बढाउँछ । थप रूपमा 9-oxo-ODAकम्पाउन्डले रगतमा लिपिडहरू घटाउँछ, जसले वजन घटाउँछ।
काँक्रो– काँक्रोमा क्यालोरीको मात्रा निकै कम हुन्छ । काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ। यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ। जसले पेट र सम्पूर्ण शरीरलाई चिसो बनाउने काम गर्छ । यसको नियमित सेवनले तौल बढ्दो तौललाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।
पालुङ्गोको साग– हरियो पातदार तरकारीहरु मध्ये पालुङ्गोको साग एक स्वस्थ खाना मानिन्छ। यसमा बोसो पगाल्ने शक्ति हुन्छ । पालुङ्गोको सागलाई धेरै तेलमा नपकाउनु होस् । हरियो सागमध्ये पालुंगो सबैभन्दा तागतिलो हुन्छ भनिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, के, सी, म्याग्नेसियम, आइरन र म्यागनिज हुन्छ । साथै क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, फाइबर र खनिज पनि पाइन्छ । यो सागको सेवनले पनि तौल घटाउन सकिन्छ ।
ब्रोकाउली– ब्रोकाउलीलाई पोषक तत्वको खजाना मानिन्छ । भिटामिन, मिनरल्स र फाइबर बाहेक यसमा फाइटोकेमिकल्स हुन्छ । जसले पेटको बोसो पगाल्न मद्दत गर्छ। यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदा हुन्छ ।
Facebook Comment