डडेलधुरामा नमुना मतदान

डिसी नेपाल
१८ वैशाख २०७९ १७:५२

डडेलधुरा । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेलधुरामा नमुना मतदान गरिएको छ।

आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो।

बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ।

स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं। निर्वाचनका प्रक्रियाहरू केके रहन्छन्। के कसरी मतदान गर्नुपर्छ। र के कसरी सहभागिता रहन्छ? भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौं,’ उनले भने, ‘यो बाट सहभागीले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौं।’

उनले मतदाता शिक्षा निर्वाचनको एक दिन अगाडी मात्र दिइने समेत बताए। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ।

कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेलधुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन्।

मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *