काखीको गन्धबाट कसरी छुटकारा पाउने ? घरेलु उपाय अपनाउनुहोस्
काठमाडौं । गर्मीमा चर्को घाम र पसिनाले सबैलाई सताउने गर्दछ । यस मौसममा धेरै पसिना आउने मानिसहरु धेरै चिन्तित हुन्छन् । गर्मीमा धेरै मानिसहरुको काखीमा पसिना आउने गर्दछ । यो भागमा पसिना आउँदा दुर्गन्ध आउन थाल्छ । शरीरको दुर्गन्धले तपाईंको वरपरका मानिसहरूलाई धेरै समस्यामा पार्छ र तिनीहरू तपाईसंग दूरी राख्न चाहन्छन्।
पसिनाको गन्ध किन आउँछ? :
पसिना आउनु नराम्रो कुरा नभए पनि स्वास्थ्यको दृष्टिकोणले भने राम्रो हो । गर्मीमा पसिना आउँदा शरीरको तापक्रम सन्तुलित रहन्छ र गर्मीमा हुने अनेक किसिमको बिरामीबाट बच्न सकिन्छ । गर्मीको समयमा पसिना आउनु सामान्य नै हो तर धेरै पसिना आउनुका साथै गन्ध पनि आउँछ भने बेवास्ता नगर्नुहोस् । किनभने यो हानिकारक ब्याक्टेरियाको कारणले गर्दा खराब गन्ध हुन्छ।
पसिना छालामा भएको ब्याक्टेरियाको सीधा सम्पर्कमा आएपछि दुर्गन्ध पैदा हुन्छ । पसिना को आफ्नै बास्ना हुँदैन । तर, छालामा हुने ब्याक्टेरिया पसिनासँग मिलेर दुर्गन्ध पैदा गराउँछ । शरीरबाट अमिलो, तिखो, प्याज जस्तो बास्ना आउँछ । आज हामी तपाईलाई ती घरेलु उपायहरु बताउन गइरहेका छौँ जसको मद्दतले यो समस्या समाधान हुन्छ ।
काखीको गन्धबाट कसरी छुटकारा पाउने ?
टमाटर– टमाटरको रस निकालेर कागतीको रसमा मिसाएर काखीमा लगाउनुहोस् र त्यसलाई सुक्न दिनुहोस् । १५–२० मिनेटपछि मन तातोपानीले पखाल्नुहोस् । यसो गर्दा काखीको दु बाट छुट्कारा पाउन सकिन्छ ।
लैभेन्डर तेल–लेभेन्डर तेल धेरै सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ। यसलाई अन्डरआर्म्सबाट गन्ध हटाउन पनि प्रयोग गर्न सक्नुहुन्छ। जसको परिणाम चाँडै देखिनेछ।
बेकिंग सोडा– बेकिंग सोडा र कागतीको रस धेरै चीजहरू सफा गर्न प्रयोग गरिन्छ। यी दुई चीजलाई मिसाएर पेस्ट बनाउनुहोस् र अन्डरआर्ममा लगाउनुहोस्। यसले काखमा रहेका सबै ब्याक्टेरियालाई मार्नेछ। जस्ले गर्दा गन्धलाई टाढा भगाउने छ ।
आलु– पसिनाको दुर्गन्ध हटाउन आलुले तपाईलाई धेरै मद्दत गर्न सक्छ। यसका लागि आलुलाई स्लाइसमा काटेर छेउमा रगड्नुहोस्, तपाईंले चाँडै यसको प्रभाव महसुस गर्नुहुनेछ।
नरिवलको तेल– पसिनाको दुर्गन्धबाट छुटकारा पाउन नरिवलको तेल पनि रामबाण औषधि भन्दा कम छैन । यो तेललाई अन्डरआर्म्समा मालिस गर्नुहोस् र आधा घण्टासम्म छोड्नुहोस्, त्यसपछि सफा पानीले धुनुहोस्।यसले काँखीमूनीको गन्धलाई टाढा भगाउँछ ।
एलोवेरा जेल– एलोभेरा जेल छालाको लागि धेरै लाभदायक मानिन्छ। एलोभेरा जेललाई काँखीमूनी वरिपरि लगाएर धुनुहोस्। यसले चाँडै नै दुर्गन्धलाई भगाउँछ ।
एप्पल साइडर भिनेगर–स्याउको चुक अमिलोले पनि काखीको गन्ध हटाउँछ । कचौरामा अलिकति पानी हालेर त्यसमा कागतीको रस मिसाउनुस् र अलिकति स्याउको चुक अमिलो हाल्नुस् । यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ । यसले काखीको ब्याक्टेरिया हटाउँछ र पसिनाको दुर्गन्ध रोक्छ ।
पसिना आउँदा यसो गर्नुहोस्:
–दिनहुँ नुहाउने साथै पसिनाले भिजेको कपडा लगाइनराख्ने ।
– जुत्ता, मोजा फेर्ने, घाममा सुकाउने ।
–गर्मीमा पसिना सोस्ने खालका सुतीको कपडा लगाउने ।
–पानी प्रशस्त पिउने ।
– शरीरको तापक्रम कम गर्ने उपाय अपनाउने ।
–पसिनाको गन्ध नआओस् भन्नको लागि डियोड्रेन लगाउने ।
–फिटकिरीको प्रयोगले संक्रमणलाई रोक्न मद्दत गर्छ ।
–धेरै गन्ध आएमा चिकित्सकको सल्लाह लिने।
Facebook Comment