चस्माको बढ्दो पावरबाट चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय
काठमाडौं । खराब जीवनशैली र खानपानले हाम्रो छाला र स्वास्थ्यका साथै आँखामा समेत असर गर्ने गर्दछ । बदलिँदो जीवनशैलीमा हाम्रो धेरैजसो समय मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता ग्याजेटको प्रयोगमा बित्ने गर्दछ । जसका कारण आँखामा नराम्रो असर परिरहेको हुन्छ । त्यसैले कम उमेरमा नै मानिसको आँखाको ज्योति घट्दै गएको हामी पाउँछौं । लगातार स्क्रिन हेरिरहँदा आँखा सुख्खा हुने समस्या पनि मानिसहरुमा बढ्दै गएको छ।
स्क्रिन हेर्ने टाइम बढ्दै जाँदा बिस्तारै मानिसले सबै कुरा धमिलो देख्न थाल्छ। यदि तपाई पनि यो समस्याबाट हैरान हुनुहुन्छ भने यो घरेलु उपाय अपनाउन सक्नुहुनेछ । केही दिनमा नै फरक देख्नुहुनेछ। यो घरेलु उपाय अपनाउनुका साथै स्वस्थ आहार पनि खानु पर्ने हुन्छ। यसका साथै हरेक आधा घण्टामा केही सेकेन्डको लागि स्क्रिनबाट टाढा पनि बस्नुहोस् । यसले तपाईको आँखालाई धेरै आराम दिनेछ।
आँखाको ज्योति बढाउन यी कुराहरु प्रयोग गर्नुहोस् :
–एक चम्चा सौंफ, दुईवटा बदाम र आधा चम्चा चिनीलाई ग्राइन्डरमा पिसेर हरेक रात सुत्नुअघि एक गिलास दूधका साथमा पिउनुहोस्। यसले तपाईको आँखालाई राहत दिन्छ । सौंफमा भिटामिन ए र आवश्यक भिटामिन पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ। यसका साथै गर्मीमा यसको सेवन गर्नाले तपाईंको शरीरमा शीतलता रहन्छ र पाचन प्रणालीले राम्रोसँग काम गर्छ।
बदाममा भिटामिन ई का साथै जिंक पनि पाइन्छ । जसले तपाईलाई स्वस्थ राख्न मद्दत गर्दछ। यति मात्र होइन, बदामको सेवनले उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेशन, आँखासँग सम्बन्धित रोग र आँखाको रेटिना सधैं स्वस्थ रहन पनि मद्दत गर्छ।
–बदाम, सौप र मिश्रीलाई बराबर मात्रामा पिस्नुहोस्। यो मिश्रणबाट १० ग्राम जति धुलोलाई २५० मिली दुधसंग लगातार ४० दिनसम्म सुत्नु अगाडी पिउने गर्नुहोस। यो पिएको दुई घण्टासम्म पानी नपिउनुहोस। तपाईले आफ्नो आँखाको पावर ठिक हुँदै गएको महसुस गर्नुहुनेछ। अमलामा भिटामिस ‘सी’ भरपुर मात्रामा पाइन्छ। जुन आँखाको लागि निकै फाइदाकारी हुन्छ। अमलाको धुलो, जुस वा अमला नै दैनिक सुत्नु अघि खाने गर्नुहोस्। बिहान पनि महको साथमा अमलाको जुस खाने गर्नाले आँखालाई निक्कै फाइदा पुर्याउँछ।
–गाँजरमा फस्फोरस, भिटामिन ‘ए’, भिटामिन ‘सी’ र आइरनको मात्रा प्रशस्त हुन्छ। नियमित रुपमा काँच्चो गाँजरको सलाद वा गाँजरको जुसले आँखाको तेज बढाउन सकिन्छ।
Facebook Comment