च्याम्पियन्स लिगः रियल मड्रिड फाइनलमा

डिसी नेपाल
२२ वैशाख २०७९ १०:५५

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड  म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल फाइनल प्रवेश गरेको हो।खेलको ७३ औं मिनेटमा सिटीका रियाद महरेजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ९० औं मिनेटमा रियलका रोड्रिगोले गोल गर्दै १-१ को बराबरीमा ल्याए ।प्रतिस्पर्धात्मक भएको खेलको इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । त्यसपछि खेल समग्रमा ५-५ को स्थितिमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र खेलको ९५ औं मिनेटमा रियलका करिम बेन्जिमाले गोल गर्दै खेल ३-१ कोअवस्थामा पुगेपछि रियलको फाइनल यात्रा पक्का भएको हो।

पहिलो लेगमा ४-३ ले पराजित रियलले दोस्रो लेगमा भने उत्कृष्ट पुनरागमन गर्दै रियल समग्रमा ६-५ ले विजयी भएको हो।अब रियलले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ। लिभरपुलले मंगलवार भिल्लारियललाई हराउँदै फाइनल यात्रा पक्का गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *