गर्मीमा आँपको लस्सी खानुहोस्, यस्ता छन् बनाउने तरिका
काठमाडौं । गर्मीमा आँपको लस्सी अर्थात म्याङ्गो लस्सी पिउनुको मज्जा नै बेग्लै छ । पाकेको आँपबाट बनेको म्यान्गो लस्सी ठूला होस् या बालबालिका सबैलाई मन पर्छ । सामान्यतया आँप घरमै खाने गरिन्छ तर अधिकांश मानिसहरु आँप लस्सी खान बजार घुम्ने गर्दछन् ।
आँपको लस्सीको बजारमा जस्तै स्वाद घरमै पनि बनाउन सकिन्छ । यदि तपाईलाई पनि म्यागो लस्सी पिउन मन लाग्छ तर घरमै बनाएको देख्नु भएको छैन भने केही फरक पर्दैन । हामी तपाईलाई मङ्गो लस्सी बनाउने सजिलो रेसिपी बताउने छौं । जसको मद्दतले तपाई स्वादिष्ट म्याङ्गो लस्सी तयार गर्न सक्नुहुनेछ । यो बनाउन पनि एकदम सजिलो छ।
सबैभन्दा पहिला आँप उष्ण हावापानी हुने एक प्रकारको गुलियो तथा अमिलो फल हो। फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि केही पहाडी क्षेत्रहरुमा पनि पाइन्छ । आँपमा औषधीय गुण हुन्छ। आयुर्वेदका अनुसार, आँपका पाँचै अङ्ग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन्।
पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ। आँपको सेवनले भोक पनि बढ्ने गर्छ। यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ। पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ए, सी र बी पाइन्छ। अब जानौं आँपको लस्सी बनाउने तरिका :
आँपको लस्सी बनाउनका लागि चाहिने सामग्रीहरु:
आँप– पाकेको ४ वटा ( आँप कति जनाका लागि बनाउने सोही अनुरुप आँप राख्ने । )
दही – २ कप दहि
चिनी– ५ चम्चा
अलैंची पाउडर –1/4 चम्चा
पुदीना पात –3-4 वटा पात
Mango Lassi कसरी बनाउने ? :
आँपको लस्सी बनाउनको लागि सबैभन्दा पहिले पाकेको आँप लिनुहोस् । आँपको बोक्रा निकालेर पातलो पातलो पिसमा भित्रको कोयाँ नआउनुजेल काट्नुहोस् । यसपछि एउटा ब्लेंडरमा आँपको पल्प र दही हाल्नुहोस् । त्यसमा चिनी र अलैंचीको धुलो पनि मिलाउनुहोस् । अब आवश्यकता अनुसार पानी पनि हालेर चम्चाको मद्दतले सबै मिलाउनुहोस्।
ब्लेंडरको ढक्कन राम्रो संग लगाएर यसलाई मिश्रण गर्नुहोस्। तीन वा चार पटक मिश्रण गरेपछि, मिक्सर बन्द गर्नुहोस्। अब ब्लेंडरबाट लस्सी निकालेर छुट्टै भाँडोमा हाल्नुहोस्। चिसो हुन केही समय फ्रिजमा राख्नुहोस्। यसपछि लस्सीलाई सर्विङ गिलासमा राखेर पुदिनाको पातले गार्निस गर्नुहोस्। अब गर्मीमा चिसो आँप लस्सीको मज्जा लिनुहोस्। यो जुस पिएपछि तपाईको शरीरमा दिनभर शीतलता कायम रहनेछ ।
Facebook Comment