कामनपाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घरदैलो कार्यक्रम (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा जुटेका छन् । चुनाव चिह्न लौरो पाएका शाह काठमाडौंका अहिलेका चर्चित उम्मेदवार हुन् ।
उनले शुक्रबार थापाथली-बुद्धनगर-आलोकनगर-कोटेश्वर क्षेत्रमा मतदाताको घरदैलोमै पुगेर मत मागे । मत माग्दा उनले युवालाई नेतृत्व दिनुपर्ने भन्दै मतदातालाई फकाउने प्रयास गरे । बालेन घरदैलोमा पुग्दा उनीसँग सेल्फी खिचाउनेको भिडभाड लागेको थियो ।
प्रतिक्रिया
Facebook Comment