महाधिवेशन प्रतिनिधी कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक कारबाहीमा

डिसी नेपाल
२५ वैशाख २०७९ ९:०२

लमजुङ । स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् ।

श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ र उनको प्रस्तावक र समर्थकलाई कांग्रेसको संशोधित विधान अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको कांग्रेस लमजुङ सभापति डा। टकराज गुरुङले बताए ।

मिश्रले सुन्दरबजार नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *