घरको कुन दिशामा कुन विरुवा रोप्ने ?

डिसी नेपाल
२६ वैशाख २०७९ १२:१९

काठमाडौं । घरमा फुलहरुका विरुवा रोप्न कतिको मन पराउनुहुन्छ ? तपाईले लगाउनु भएको विरुवाले वातावरणलाई ताजा, रमाइलो त बनाउँछ नै यसले घरमा सकारात्मक वा नकारात्मक ऊर्जा पनि पैदा गर्दछ । तसर्थ, सही बिरुवाको छनोट गर्न र घरमा राख्ने दिशा धेरै महत्त्वपूर्ण हुन्छ । अन्यथा शुभ बिरुवाले पनि अशुभ फल दिन थाल्छ। वास्तुशास्त्रमा घरमा बिरुवा लगाउने बारेमा केही महत्त्वपूर्ण कुराहरू बताइएको छ ।

घरको दक्षिण दिशालाई पितृको दिशा मानिन्छ। यस्तो अवस्थामा यस दिशामा शुभ बिरुवा रोप्नु राम्रो होइन। विशेषगरी यस्ता बिरुवाहरु जसलाई सम्मानित मानिन्छ । अन्यथा घरको सुख–शान्ति समाप्त हुन्छ । घरका मानिसहरूले आफ्नो जीवनमा दुःख र बाधाको सामना गर्नुपर्ने हुन्छ।

हिन्दू धर्ममा तुलसीको बोटलाई पवित्र मानिन्छ । तुलसीलाई कहिले पनि दक्षिण दिशामा नरोप्नुहोस् । यदि घरको दक्षिण दिशामा तुलसी रोप्नु भयो भने अशुभ फल मिल्छ । पितृको दिशामा पूज्य बिरुवा रोप्नुले जीवनमा धेरै दुःखलाई निम्तो दिन्छ।

मनी प्लान्ट आर्थिक अवस्थाको हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यो बिरुवालाई सही दिशामा सही तरिकाले घरमा लगाउनाले जीवनमा धेरै सुख र समृद्धि आउँछ। मनि प्लान्टलाई घरको पूर्व–पश्चिम दक्षिण दिशामा राख्नाले धन हानि हुन सक्छ। वास्तुशास्त्र अनुसार मनी प्लान्टलाई दक्षिण पूर्वमा राख्नु राम्रो हुन्छ। किनकि यो दिशा भगवान गणेशको हो र यस दिशाको प्रतिनिधि शुक्र ग्रह हो ।

 

क्रासुलाको बिरुवाले चुम्बक जस्तै पैसा आकर्षित गर्छ। धनी बन्न चाहनुहुन्छ भने घरमा क्रसुलाको बिरुवा लगाउनाले चमत्कारी नतिजा मिल्छ । तर घरको दक्षिण दिशामा रोप्नु हुँदैन। यसलाई उत्तर वा उत्तर–पूर्वमा राख्नु शुभ मानिन्छ।

शमीको बोट शनिदेवसँग सम्बन्धित छ। यदि यो बिरुवा घरको पूर्व वा उत्तर पूर्व दिशामा लगाइयो भने यसले धेरै वास्तु दोषहरू हटाउँछ। तर यसलाई दक्षिण दिशामा रोप्दा वास्तु दोषहरू उत्पन्न हुन्छन्। शनिको प्रकोपबाट छुटकारा पाउनको लागि घरमा शनिको बोट लगाउनु राम्रो उपाय हो।

केराको रुख र बोट भगवान विष्णुसँग सम्बन्धित छ। यसको पूजा गर्नाले भगवान विष्णुको आशीर्वाद प्राप्त हुन्छ, साथै कुंडलीमा बृहस्पति ग्रह बलियो हुन्छ । बृहस्पति ग्रह भाग्य, दाम्पत्य जीवनको कारक हो। यो शुभ बिरुवालाई दक्षिण दिशामा रोप्नु पनि राम्रो होइन । उत्तर(पूर्व दिशामा राख्नु सबैभन्दा शुभ मानिन्छ। यो बिरुवा रोप्दा भगवान विष्णु र माता लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *