तुलसीपुर-१७ वडाध्यक्षमा आज मनाेनयन, ३ जेठमा मतदान

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ। एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ।
बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए। तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भइसकेकाे छ । तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ।
प्रतिक्रिया
Facebook Comment