बुद्ध पूर्णिमाका दिन चन्द्रग्रहण लाग्दै, यी तीन राशीको भाग्य उदय हुँदै
काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण बुद्ध पूर्णिमाका दिन लाग्दैछ । यही जेठ २ गते चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण बिहान ६ : ४७ बजेदेखि दिउँसो १२: ५ बजेसम्म रहनेछ। यो चन्द्रग्रहणमा चन्द्रग्रहण नदेखिने भएकाले यो ग्रहणको कुनै धार्मिक महत्व नरहने बताइएको छ ।
यो ग्रहणको छायाँ ग्रहमा हुनेछ। जसकारण उक्त ग्रहणको सूतक लाग्ने छैन । त्यसैले यो चन्द्रग्रहणको सुतक अवधि पनि मान्य हुने छैन। त्यसैले पूर्णिमाको व्रत वैशाख पूर्णिमाको पूजा मुहूर्त अनुसार जुनसुकै समयमा गर्न सकिन्छ ।
यो ग्रहण भएकाले यस ग्रहणबाट धेरै राशीहरु भने प्रभावित हुनेछन् । यो चन्द्रग्रहण वृश्चिक राशिमा हुनेछ । यो ग्रहण विशाखा नक्षत्रमा लाग्नेछ। तर वृश्चिक राशिमा बस्दा यसले विभिन्न राशिलाई असर गर्छ । ग्रहणको दिन बन्ने ग्रह र नक्षत्रले धेरै राशीहरूमा प्रभाव देखाउनेछ।
यो ग्रहणले कुनै राशीका लागि विपरित प्रभाव पार्नेछ भने केही राशीको भाग्यको ताला खुल्ने छ । यो चन्द्रग्रहण मेष, सिंह र धनु राशीका लागि लाभदायक साबित हुने भएको छ । बुद्ध पूर्णिमाको दिन लाग्ने चन्द्रग्रहणले यी राशिहरूमा कस्तो प्रभाव पार्छ जानौं ।
मेष राशि–मेष राशीका लागि यो चन्द्रग्रहणले निकै शुभ फल दिनेछ । यस राशीका व्यक्तिको समाजमा महत्वपूर्ण स्थान रहनेछ। मान सम्मान, उन्नति, आयआर्जनका नयाँ साधनको विकास हुनेछ । यसरी मेष राशीका मानिसका लागि चन्द्रग्रहण निकै शुभ साबित हुनेछ ।
सिंह राशि– सिंह राशीका लागि यो ग्रहण लगानीमा लाभदायी साबित हुनेछ । यस अवधिमा तपाईंले लगानी गर्नुभएका कुराहरूले तपाईंलाई नाफा दिनेछन्। त्यसैले यो समयको सदुपयोग गर्नुहोस् ।
धनु राशि – यो चन्द्रग्रहणले धनु राशीका मानिसका लागि निकै लाभदायक हुन्छ । धनु राशीका व्यक्तिहरुका लागि पदोन्नतिको योग रहेको छ भने दाम्पत्य जीवनमा सुख र लाभ मिल्ने योग रहेको छ ।
Facebook Comment