मतगणना स्थलमा सीसी टिभी र तारजाली (फोटोफिचर)


सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । रुपन्देहीको संवेदनशील सूचीमा रहेका १२८ र ६२ वटा अतिसंवेदनशील मतदान स्थलमा सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन भएको छ । अधिकांस मतदानस्थलमा सुरक्षाकर्मी, कर्मचारी मतपत्रसहित पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।
मतदान केन्द्रहरुको बाँस गाडेर, रस्सीको सहायताले मतदान केन्द्रहरु तयार गरिएको छ । यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाइन लाग्ने गरि ब्यवस्था मिलाइएको छ भने अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ । ३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा रहेको रुपन्देहीमा रुपन्देही जिल्लामा तीन लाख आठ हजार ५७४ महिला, तीन लाख २३ हजार ७७८ जना पुरुष र आठ जना अन्य गरी कुल ६ लाख ३२ हजार ३६० जना मतदाता रहेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै २४ सय म्यादी प्रहरीसहित तीन हजार ८०० प्रहरी भित्रि सुरक्षामा रहनेछन् । यसैगरी मतदान स्थलको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना खटिनेछ । यसबाहेक प्रहरी अधिकृतसहितको नेपाल प्रहरीको गस्ती टोली, सशस्त्र प्रहरीको गस्ती र नेपाली सेनाले पनि गस्तीमार्फत सुरक्षा दिइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा रहेको रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् । सिद्धार्थनगरमा १३ वटा वडा छन, अधिकांश वडामा तयारी पूरा भए पनि केहीमा भने ढिलाई भएको छ, कतिपय साँघुरो मतदान स्थल भएकोले कठिनाइ भए पनि व्यवस्थापन भइरहेको छ ।
Facebook Comment