लमजुङमा किरिया पुत्री पनि मतदानमा सहभागी

लमजुङ । स्थानीय तह निर्वाचन प्रतिको उत्साह लमजुङमा पनि उल्लासपूर्ण सहभागिता भएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् ।
राइनास नगरपालिका ४ सौभाग्यदय मावि अल्कटारको मतदान केन्द्रमा बुबाको किरियामा बसेका संक्रान्ते र चन्द्रबहादुर कुमालले मतदान गरेका हुन् । हिन्दु संस्कार अनुसार काजकिरियामा बसेका उनीहरूले मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि दाजुभाइले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि मतदानमा सहभागी भएको बताए । यस्तै, लमजुङको बेसीसहर नगरपालिका ११ चितिमा पनि बुबाको किरियापुत्री बसेका मनोज पन्तले पनि बेसीशहर ११ जनकल्याण माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment