महोत्तरीमा मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम जारी

महोत्तरी । महोत्तरीका सबै पालिकाको मतदान सकिएको छ ।
वर्षाका कारण केही समय अवरुद्ध बनेको मतदान प्रक्रिया सम्पन्न भएसँगै अहिले मतपेटिकाको सिलबन्दी र मुचुल्काको काम भइरहेको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीण झाका अनुसार जिल्लामा ७० प्रतिशत मत झरेको छ ।
सबै पालिकामा ४९७ मत र २५८ मतदानस्थलमा ७० प्रतिशत खसेको सूचना अधिकारी झाको भनाइ छ ।
प्रतिक्रिया
Facebook Comment