बाजुराको दुई स्थानीय तहमा कर्फ्यू
बाजुरा । मतदान सकिएलगत्तै बाजुरा जिल्लाको दुई स्थानीय तहमा कर्फ्यू लगाइएको छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ७, ८, ९ र १० र बुढीगंगा नगरपालकिाका वडा नं २, ३, ४, ५ र ९ मा कर्प्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
त्यहाँ वैशाख ३१ गते बिहान ७ बजेसम्मका लागि कर्फ्यू लगाइएको हो । मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए ।
प्रतिक्रिया
Facebook Comment