यी बिरामी भएका मानिसहरुले दही खाँदै नखानुहोस्
काठमाडौं । दही सेवन गर्दा स्वास्थ्यमा धेरै लाभ मिल्छ । दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन कतिपयका लागि भने विषाक्त बन्न पुग्छ । धेरैजसो मानिसले दही हरेक दिन आफ्नो खानामा सेवन गर्छन् तर के तपाईलाई थाहा छ दही कतिपयका लागि हानिकारक हुन्छ । अर्थात् पहिलेदेखि नै कुनै न कुनै रोगको सामना गरिरहेका यस्ता व्यक्तिले यसबाट टाढै बस्नु पर्नेछ। नत्र तपाईको समस्या अझै बढ्न सक्छ । दम र एसिडिटीका बिरामीका लागि यो विषभन्दा कम होइन। आउनुहोस् जानौं यसबाट के समस्या हुन सक्छ।
–दमका बिरामी दही नखानू हुँदैन।सबैलाई थाहा छ दहीमा भिटामिन, क्याल्सियम, प्रोटिन जस्ता धेरै पोषक तत्वहरू हुन्छन्। जसले पेटको समस्या, उच्च रक्तचापका साथै धेरै रोगमा पनि मद्दत गर्छ तर सास फेर्न गाह्रो हुने व्यक्तिले यसबाट टाढा रहनुपर्छ । यसलाई सीमित मात्रामा सेवन गर्नुपर्छ ।
–एसिडिटीका बिरामीका लागि पनि दही खतरनाक हुन्छ । यस्ता व्यक्ति, जसलाई एसिडिटीको समस्या छ, उनीहरु दहीबाट टाढा रहनुपर्छ। अन्यथा तपाईको स्वास्थ्यमा समस्या बढ्न सक्छ । वास्तवमा, यस्ता व्यक्तिहरूले दही राम्ररी पचाउन सक्दैनन् र उनीहरूलाई वान्ता हुने सम्भावना हुन्छ। यस्तो अवस्थामा एसिडिटीका बिरामीले यसको सेवन धेरै सीमित मात्रामा गर्नुपर्छ ।
–यूरिक एसिडको समस्या भएकाहरुले पनि दहीको सेवन सिमित मात्रामा गर्नुपर्छ। किनभने यसले तपाईको समस्या बढाउन सक्छ । यस्तो अवस्थामा बिरामीले हप्तामा एक पटक दहीको सेवन गर्नुपर्छ। अन्यथा समस्या बढ्न सक्छ । तर, दहीको सेवनले दाँत र हड्डी बलियो हुने विश्वास गरिन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिएर यसको सेवन गर्न सकिन्छ ।
–जोर्नीमा पीडा वा छालामा एलर्जी छ भने दही खानु हुदैँन अन्यथा समस्या झनै चर्किन्छ ।
Facebook Comment