शुक्लाफाँटामा नेकपा(माओवादी केन्द्र)को अग्रता कायमै

डिसी नेपाल
१ जेठ २०७९ १७:२१

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ ।

दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गर्नुभएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् । वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याएका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का हरिश विष्टले ३८४ मत प्राप्त गरेका छन् । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *