अर्घाखाँचीको शितगंगामा मतपत्र हराएपछि मतगणना रोकियो

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – १२ को मत गणनाको क्रममा मतपत्र हराएपछि विवाद हुँदा मतगणना रोकिएको छ ।
गणनाको क्रममा खसेको मत संख्या भन्दा कम मत गणना भएपछि विवाद हुँदा मतगणना रोकिएको हो ।
विवादपछि सर्वदलिय बैठक बस्ने भएको छ । सर्वदलिय बैठकपछि मतगणना गन्ने निर्णय गरिने भएको छ ।
मत गणनाको अन्तिम नतिजाको परिणाम अपेक्षा गरिएको बेला मत संख्या भन्दा कम मत गणना भएपछि विवाद चर्किएको थियो । मतदान केन्द्र बाहिर नेकपा एमाले र गठबन्धनका कार्यकर्ताले नारावाजी गरेका थिए ।
मत गणना कछुवाको तालमा भएको भन्दै अर्को स्थान थपेर मतगणना छिटो गर्न नेकपा एमाले र गठबन्धनका कार्यकर्ताले माग गरिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment