बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन ।
नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार छविलाल थारूले १३ हजार ६ मत प्राप्त गरी विजयी भएका छन् ।
थारूले निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार पदमप्रसाद ढकाललाई २ हजार ६ सय ५५ मतान्तरले पराजित गरेका हुन् । पदमप्रसाद ढकालले १० हजार ३ सय ५१ मत ल्याएका छन् ।
त्यस्तै उप प्रमुखमा नेपाली कांग्रेसकी रत्नकुमारी पाण्डे विजयी भएकी छिन् । उनले १२ हजार ४ सय ९१ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि नारायणी चौधरीले १० हजार ८ सय ५५ मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया
Facebook Comment