दाङको दंगीशरण गाउँपालिकामा कांग्रेस विजयी

दाङ । दाङको दंगीशरण गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
गाउँपालिकामा भारी मतान्तरसहित अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी ओली निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मेघनाथ शाह अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्षमा पराजित भएका छन् । पालिकामा रहेका ७ वडा मध्ये वडा न.१,३,६ कांग्रेस र अरु ४ वडा एमालेले जितेको छ।
प्रतिक्रिया
Facebook Comment