गण्डकी प्रदेशको बजेट अधिवेसन जेठ ११ देखि

पोखरा । गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रश्तुत हुनुपर्छ ।
प्रतिक्रिया
Facebook Comment