धरान उपमहानगरमा लौरोको मत १५ हजार माथि
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा लौरो चिन्हबाट मेयर पदमा उम्मेदवार हर्कराज राई साम्पाङ्गको मत १५ हजार माथि पुगेको छ । पछिल्लो परिणामअनुसार साम्पाङ्गले १५ हजार ७७ मत पाएका छन् ।
नेपाली कांग्रेसका किशोर राईले १२ हजार ४१० मत पाएका छन् । एमालेकी मञ्जु भण्डारी सुवेदीले १० हजार ११२ मत पाएकी छिन् । उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ र एमालेका पदमप्रसाद लिम्बुले १३ हजार ७२६ मत पाएका छन् ।
प्रतिक्रिया
Facebook Comment