महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामान बरामद

महोत्तरी। महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो ।
३ लाख १८ हजार पर्ने लेडिज कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेस्वर भन्सार कार्यालय मलिवरा पठाइएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment