नवनिर्वाचित मेयर बालेन पुगे सिसडोल र बञ्चरेडाँडा(तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद ज्ञापन र्यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्।
उनी महानगरको फोहारको उचित ब्यवस्थापनको लागि स्थानीयबासीसँग सहजीकरण गर्न त्यहाँ पुगेको बताएका छन् । उनले स्थानीयहरूका गुनासोसमेत सुनेका थिए।केही दिन अगाडि काठमाडौंको फोहार बिना अनुमति फालिएको भन्दै स्थानीयबासीले विरोध गरेका थिए ।
फोहोर काठमाडौँ उपत्यकामा ठूलो समस्या रहँदै आएको छ। अहिले त झन् लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौंका सडक र गल्लीमा फोहोरका डंगुर थुप्रिएका छन्।
बालेनले काठमाडौंको फोहोरको समस्या समाधान नगरी विजय उत्सव नमनाउने घोषणा गरेका छन्।
तस्बिरः सागर डिसी
प्रतिक्रिया
Facebook Comment