सुदूरपश्चिम प्रदेशसभामा जसपा प्रतिपक्षी दल
धनगढी । केन्द्रमा सत्ता साझेदारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिममा भने प्रतिपक्षीको लाइनमा बसेको छ ।
सोमबारदेखि सुरुभएको प्रदेशको दशौं अधिवेशनमा जसपाकी प्रदेशसभा सदस्य मालामति राना प्रतिपक्षीको लाइनमा बसेकी हुन् । ९औं प्रदेशसभासम्म सरकारकालाई समर्थन गरेको जसपा सरकारमा सहभागी नगराइएको भन्दै चैतदेखि रुष्ट बनेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराए पनि जसपालाई सरकारमा सहभागी नगराएपछि उसले चैत २६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो ।
चैत २५ गते अघि सम्म सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमात्रै सरकारमा सहभागी थियो भने नेपाली कांग्रेस र जसपाले सरकारलाई समर्थन मात्रै गरेको थियो । अव सुदूरपश्चिम प्रदेशसभामा तीन दल जसपा, लोसपा र नेकपा एमाले प्रतिपक्षी बनेका छन् ।
Facebook Comment