कास्की जिससका लागि उम्मेदवार टुंगिए, एमाले एक्लै अरूकाे गठबन्धन

पोखरा । जिल्ला समन्वय समिति कास्कीको शुक्रबार हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । जिसस प्रमुखमा एमालेले पोखरा २२ का सदस्य लीलाधर पौडेल र गठबन्धनले मादी १२ का कांग्रेसबाट निर्वाचित सदस्य दीपेन्द्र ढकाललाई उम्मेदवार बनाएको छ ।
उपप्रमुखमा एमालेले रुपा गाउँपालिकाकी सरिता कुमाललाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट माओवादीले मादीकै उषा थापालाई उठाएको छ । जिल्ला समन्वय समिति कास्कीको नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुने भएको छ ।
कास्कीमा एमालेको बहुमत छ । ५ पालिका रहेको यहाँ १० जना मतदाता छन् । तीमध्ये एमालेको एकल ६ जना छन् भने कांग्रेसको तीन तथा एकीकृत समाजवादीका १ जना मतदाता छन् । यहाँ एमाले एक्लै र अरूले गठबन्धन गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment