युद्धको संसार र ओझेलमा परेको शान्ति
संसारले आज नेपालका महान सन्त माहात्मा गौतम बुद्ध, चीनका माहान सन्त मिलारेप्पा र लाओत्से, त्यस्तै पश्चिम संसारका शान्तिका अग्रज येशु मसीहा, भारतका माहान सन्त रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, सन्त कबिर जस्ता विश्व प्रसिद्ध सन्तहरुको सन्देश मनन गरी संसारलाई सुसमाचार प्रदान गर्नु पर्नेमा त्यसको ठिक विपरित भइरहेको छ।
युद्धको संसारमा ख्याती प्राप्त गरेका महान योद्धाहरुको बारेमा दिनहुँ चर्चा हुन्छ। उनीहरुका कुटिल चाल, रणनीति र युद्धका अनेकन क्रियाहरुको बारे सोच्नु परेकोले आज संसारको सभ्यतामा कति ह्रास आएको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।
विश्व इतिहासका पानाहरु पल्टाउँदै जाने हो भने आज इतिहासका प्रत्येक पानाहरुमा मानव हत्याको रगत लत्पतिएको पाइन्छ। एकले अर्कोलाई हत्या गरी प्रत्येक व्यक्ति, परिवार, समाज, देश र सारा संसारको जबर्जस्ति निर्माण भएको देखिन्छ।
तत्कालीन कम्बोडियाका राष्ट्रपति पोलपोट, रुसका रास्ट्रपति स्टालिन, लेनिन, अफ्रिकाका रास्ट्रपति बोकाशा, मंगोलका शासक चंगेज खान, चीनका रास्ट्रपति माओत्से तुङ, जर्मनका चान्सलर अडोल्फ हिटलर र अन्य मुसलमान शासक मिहिर कुल हुन्, मोहम्मद बिन काशीम, मोहम्मद गजनी, अलाउदीन खिलजी, बाबर, औरंगजेब, सम्राट अशोक र नादिर शाह, त्यस्तै बेलायतकी महारानी मेर्री, युगाण्डाका रास्ट्रपति दादा इदीअमिन, अमिर टिमुर र भ्लाद ड्राकुला जस्ता क्रुर शासकहरुले करोडौं मानिसहरुको नृशंश हत्या गरी आफूलाई हत्याराको नामले माथिल्लो दर्जामा पुर्याउन सफल भएका छन्।
यस्ता शासकहरुको नाम मात्र उच्चारण गर्दा पनि मुटु थरथरी काम्ने गर्दछ। इतिहासको भित्तामा टाँगिएका यी क्रुर शासकहरुको नाम आजका र भावी पिँढीका बालबालिकाहरुलाई नसुनाई तिनको सट्टामा माहात्मा गौतम बुद्ध, लाओत्से जस्ता महान सन्तहरुको जीबन सन्देशहरुलाई अबलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ।
अबका विश्वका शासकहरुले एकले अर्कापट्टि मुन्टो बटारी नहिँडी काँधमा काँध मिलाई संसारका अरबौं मानिसहरुलाई सुख, शान्ति र समृद्धि बनाई आफुलाई अमुल्य बनाउनु नै आजको विश्वको माग र अपील हो। आज विश्व युद्ध, अशान्ति र असुरक्षा हैन शान्ति र सुरक्षा भएको हेर्न चाहन्छ।
भोलिका दिनमा हामी फेरि महात्मा गौतम बुद्ध, लाओत्से, स्वामी विवेकानन्द, रामकृष्ण परमहंस सन्त कबिर, शिवपुरी बाबा, देवराह बाबा र खप्तड बाबा जस्ता व्यक्तित्वहरुलाई पच्छ्याउँदै फेरि संसारमा शान्तिको दियो बाली संसारलाई नै शान्तिको बिगुल फुक्नु आज अपरिहार्य भएको छ। यो कुरा सबैलाई थाहा छ, संसारमा वैज्ञानिक र भौतिक प्रगति र बिकास त आज प्रशस्तै भैसकेको छ।
विज्ञानले फड्को मारिसकेको छ। आज संसारले आफैंलाई नचिन्ने भइसकेको छ। आफ्नै कोठामा बसी एउटा सानो ऐनावाट संसार हेर्न र संसारको कुरा सुन्न र बुझ्न सजिलो भएको छ।
भनेको चीज खान, लाउन र भनेको जस्तो महलमा बस्न सकिने भएको छ। मानिसहरुलाई यो भन्दा सुख सुविधा अरु के नै चाहिन्छ र? तर संसारमा जति जति सुख सुविधाहरु बढ्दै गयो उति उति मानिसहरुको मन मस्तिस्कमा नकारात्मक फेरबदल आउँदै गयो। शान्तिको सट्टामा इष्र्या, राग, घमण्ड र लोभले मानिसको शान्तिलाई आक्रान्त बनायो।
शान्तिको चेतना बिथोलियो। आज महान शान्तिका अग्रदूत गौतम बुद्धको शान्तिको सन्देश कहाँ गयो? त्यस्तै लाओत्से, मिलारेप्पा, सन्त कबिर, येशु मसिहा, मोहम्मद पेगम्बर र गुरु नानक जस्ता महात्माहरुका शुभ सन्देशहरू कहाँ गए? किन यी महान शान्तिका अग्रजहरुको ज्ञानको पढाइ पाठशालामा, कलेजमा र विश्वविद्यालयमा हुँदैन? किन नैतिकता, अनुशासन, करुणा र आपसी मेलमिलापको पाठ पढाइँदैन? किन द्वन्द्व राजनीतिको मात्र र खोक्रो मूल्यहीन व्यापारमुखी पढाईको मात्र अध्ययन गराइन्छ?
के हामीले सिक्ने र सिकाउने विद्या यही हो? आज शान्तिको सन्देश किन ओझेलमा परेको छ? यस कुरामा आज प्रत्येक शिक्षाविदहरुको ध्यान किन केन्द्रित हुँदैन? किन संसार नै राजनैतिक चक्रव्यूहमा अल्मलिइ द्वन्द्व, कलह, आपसी मनमुटाव र झन्डै युद्ध र झगडाको मार्गमा मात्र अग्रसर हुँदै गइरहेको छ?
समाजमा समन्वय र शान्ति भएन भने संसारको कुनै पनि सुख सुविधाले मानिसलाई उच्च सभ्यताको शिखरमा पुर्याउन सक्दैन। यस्ता कुराको ज्ञान र बिद्याले व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमै एउटा दियो बाल्नुको सट्टा आगो र धुँवाको मात्र प्रवाह भई संसारको नैतिकता र सभ्यताकै लहरमा ठूलो आँच आयो। आध्यात्म ज्ञानले व्यक्ति, परिवार, समाज र रास्ट्रमा भौतिकवादले भन्दा बढी आनन्द र शान्ति प्रदान गर्छ।
यसले आजका भट्किरहेको मानिसहरुका मनलाई शितल प्रदान गर्दछ। महात्मा गौतम बुद्ध, मिलारेप्प्पा, लाओत्से, सन्त कबिर, मोहम्मद पेगम्बर, इशा मसिह जस्ता संसारका प्रशिद्ध सन्तहरुले कुनै पनि विश्वविद्यालयबाट ज्ञान प्राप्त गरी डिग्री प्राप्त गरेका थिएनन्।
तर उनीहरु आज किन संसार प्रसिद्ध भएका छन्? यो कुरा समस्त शान्ति प्रेमी विश्वका मानिसहरुले मनन् गर्नै पर्दछ केवल शान्ति प्राप्ति गर्नको लागि। यस्ता शान्तिका पुजारीहरुलाई अब ओझेलमा नराखी उनीहरुका गाथाहरूलाई पढ्दै र मनन गर्दै गएमा विश्वमा शान्तिको आगमनमा पक्कै पनि टेवा मिल्न सक्ने कुरामा कसैको दुईमत नहोला। आजको संसारको दृश्य हेर्दा र सुन्दा संसार पक्कै पनि अशान्तिबाट गुज्रिरहेको छ। प्रत्येक देशमा धेरैजसो मानिसहरु आज दुखी नै छन्।
देशका शासकहरुमा केवल युद्ध र झगडाको मात्र कुटिल चाल छ। परिवारमा एकले अर्काको हत्या गर्ने, व्यक्ति र समाजमा झगडा सृजना गर्ने र रास्ट्रमा केवल कोलाहल मात्र हुने गर्दा संसारको सम्पूर्ण संरचनाहरु रिस, राग, द्वेष र युद्धको चपेटामा परी शान्तिको लागि, सुरक्षाको लागि मानिसहरु भागदौडमा कुदिरहेका छन्। विश्वको सुन्दर देश युक्रेन आज यसैगरि अनावश्यक झगडामा फसी र कसैको बहकाउमा अल्झी ध्वस्त बनेको छ।
हजारौं मानिसहरुको हत्या भएको छ । लाखौँ मानिसहरु त्यो देशबाट विस्थापित भएका छन्। सहारा र शान्तिको खोजीमा। के विश्वको स्कुल, कलेज र विश्वविद्यालयले सिकाएको यही हो त? यदि हो भने सबै त्यस्ता पाठशालाहरु बन्द गरिदिए हुन्छ। हरेक कुरामा नाफा र नोक्सान सिकाउने विद्या आज संसारले खोजेको छैन। हरेक कुरामा कुटिल चाल चल्न सिकाउने राजनीति विश्वले खोजेको छैन।
छ त शितल, शान्त, निष्पक्ष र विवेक, दया, माया र प्रेमको भावनाको प्रवाह गर्न सक्ने बिद्या खोजेको छ जसबाट कलह, झगडा र युद्ध ओझेलमा परी अन्त होस् र समाज र राष्ट्र शान्त बनुन्। एक सानो सलाईको काँटीले शान्तिको पानसको दियो बाल्न सक्छ भने त्यही सलाईको काँटीले देश जलाउन पनि सक्छ। सलाइको काँटी आफैंमा नराम्रो हुँदै होइन। यो त एउटा सकारात्मक र नकारात्मक सोच र विचारको नै भिन्नता हो।
आज अमेरिकाका राष्ट्रपति जो बाइडेन तथा नेटो संगठन राष्ट्रहरु किन युक्रेनको युद्धमा समर्थक बनी हिँडेका छन्? यो के शान्तिको लागि हो र? अवश्य होइन। विश्वमा शान्ति कायम गर्न ठूला बुद्धिमानी देश किन अग्रसर हुँदैनन्? मानव अधिकारको नाममा मानव हत्या र मानव विस्थापित किन गर्दैछन्?
विश्वमा शान्ति कायम गर्ने संयुक्त राष्ट्र संघले के हेरेर बसिरहेको छ? स्वतन्त्र मानवहरुको कल्पना गर्ने अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुका अग्रजहरु आज के हेरेर बसिरहेका छन्? के संसारमा सबै प्रतिद्वन्द्वीहरुलाई भष्म गरी एकछत्र राज्य र नीति चलाउन खोजेकै हो त? हो भने यो एक असम्भव र एक दुषित मस्तिष्कको उपज मात्र हो। यसले संसारमा सधैं अशान्ति र युद्ध बाहेक अरु कुनै कुराको चर्चा हुँदैन।
आज रसियाका पुटिन, अमेरिकाका जो बाइडेन, चीनका सी जिनपिंग र उत्तर कोरियाका किम जोंग किन एकै ठाउँमा बसी संसारलाई शान्ति प्रदान गर्न सक्तैनन्? यो संसारको सामुन्ने अहम प्रश्न हो। फ्रान्सका तात्कालीन राष्ट्रपति नेपोलियनले भन्ने गर्थे कि ‘असम्भव भन्ने चीज यो संसारमा कुनै छैन।’
तसर्थ अबका विश्वका शासकहरुले एकले अर्कापट्टि मुन्टो बटारी नहिँडी काँधमा काँध मिलाई संसारका अरबौं मानिसहरुलाई सुख, शान्ति र समृद्धि बनाई आफुलाई अमुल्य बनाउनु नै आजको विश्वको माग र अपील हो। आज विश्व युद्ध, अशान्ति र असुरक्षा हैन शान्ति र सुरक्षा भएको हेर्न चाहन्छ।
युद्धलाई ओझेलमा पारी शान्तिलाई सर्वथा अगाडि बढाउन चाहन्छ। त्यस्ता क्रुर शासकहको अमानवीयता र तिनका क्रुर कुटिल चाल र नीतिलाई सदाको लागी विदा गरी देशमा बुद्ध, लाओत्से जस्ता व्यक्तिहरु जन्माउन चाहन्छ। किनकि यसैमा सबैको कल्याण र भलो रहने कुरा निश्चित छ।
Facebook Comment