रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार (फाेटाे फिचर)

भैरवहा। रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुकाे भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
आज बिहान करिब साढे ४ बजे परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु र २४ जना यात्रु घाइते भएका छन्।
जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो।
प्रतिक्रिया
Facebook Comment