गोठलापानी बजारमा शौचालयको समस्या हट्यो, सफा शौचालयमा निःशुल्क सेवा

डिसी नेपाल
२२ जेठ २०७९ २३:०६

बैतडी । बैतडी जिल्ला सदरमुकामको प्रमुख व्यापारीक केन्द्र गोठलापानी बजारमा सार्वजनिक शौचायय नहुँदा निकै समस्या थियो ।

विभिन्न ठाउँबाट आएका यात्रुहरु शौचालय खोज्दै होटल चहार्थे भने, होटलमा आउजाउ गरिरहने व्यक्ति बाहेकलाई दिशापिसाव गर्न समस्या थियो । प्रायः खानेपानी अभाव भइरहने यस बजारमा होटेलमा समेत दिसापसाव गर्न सबैका लागि सम्भवन थिएन् ।

केहि व्यक्ति त सडक पेटीमा मान्छेहरुकै अगाडी पिसाव फेरिरहेको दिउँसै देखिन्थ्यो । तर त्यो समस्या अब भने हटेको छ । यसअघि नै निर्माण भएको सार्वजनिक शैचालय बल्ल प्रयोगमा ल्याइएको छ । त्यो पनि निशुल्क ।

धेरैजसो सार्वजनिक शौचालयहरुमा ५देखि २० रुपँया सम्म तिर्नुपर्ने हुन्छ । तर गोठलापानी बजारको शौचालयमा भने निशुल्क सेवा रहेको छ । दशरथचन्द नगरपालिकाका नवनिर्वाचित नगर

प्रमुख पुस्कर राज जोशी लख्खाभाईले यो कदम चालेका हुन् । उनको निर्देशनमा पुरानै शौचालयलाई मर्मत गरि टल्काएर सञ्चालनमा ल्याइएको छ ।

गोठलापानि बजारको शौचालय सञ्चालनमा ल्याउनुका साथै नगरका अन्य बजारहरुमा समेत सार्वजनिक शौचालय निर्माण गरिने मेयर जोशीको भनाई छ ।

उनले पदभार ग्रहण गरेकै दिन देखी मुख्य बजार क्षेत्रहरुमा सरसफाई अभियान सुरु गरिसकेकाछन् । सडकमा हिन्दा गन्हाउले सबै फोहोरमैलाको अहिले व्यवस्थापन गरिएको छ भने, दैनिक नगरपालिकाका कर्मचारीहरु सडक सरसफाई गर्न काम गरिरहेको पाइन्छ । मेयर जोशी पहिलो पटक भने आफै कुच्चो समातेर सरसफाई गर्न सडकमा उत्रेका थिए । उनको यो कामको चौतर्फी प्रशंसा भैरहेको छ । अहिले दशरथचन्द नगरपालिकामा एम्बुलेन्स र शव वाहन निशुल्क गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *