जुम्लाका पत्रकारलाई आधारभूत तालिम

डिसी नेपाल
२५ जेठ २०७९ १७:५३

जुम्ला । जुम्लाका पत्रकारका लागि १५ दिने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ जुम्ला शाखाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा आधारभूत पत्रकारिता सम्बन्धित तालिम बुधबार सुरु भएको हो ।

बेरोजगार युवा युवतीको लागि सिपविकास कार्यक्रमअन्तरग सामाजिक विकास कार्यालयले जुम्लाले पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो ।

त्यस्तै पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिहं कठायतले पत्रकारिताको मर्यादित बनाउनका लागि नगरपालिका तयार रहेको बताए । उनले यस्ता कार्यक्रम आवश्यकता अनुसार पटक-पटक गर्नु पर्ने बताए ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पत्रकारले एक पक्षीय समाचार लेख्न नहुने बताए । त्यस्तै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले पत्रकारिता समस्या उजार गर्ने पहिलो माध्यम भएको बताइन् । उनले पत्रकारले प्रत्येक बस्तीमा पुगेर आवाज विहीनको सारथि बन्नु पर्नेमा जोड दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *