थप २५ जनामा कोरोना पुष्टि, १५ संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया
Facebook Comment