मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड
जनकपुर। मधेस प्रदेश सरकारले अन्य प्रदेशको छिमेकी प्रदेशको भन्दा १ अर्ब बढी रकम सांसदका लागि विनियोजन गरेको छ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९-८० को बजेट विनियोजन विधेयक पेश गर्दै सांसद विकास खर्चका लागि झन्डै साढे २ अर्ब रकम छुट्याएका हुन्।
‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगमी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। प्रदेश १ ले भने सांसद कोषका लागि ९० करोड विनियोजन गरेको छ।
प्रतिक्रिया
Facebook Comment