पर्यटन मन्त्री प्रेम आले : विवाद र अस्थिरताका पर्याय

शरद रिजाल
४ असार २०७९ ७:५५

काठमाडौं । नेपालीमा एउटा भनाइ प्रशिद्ध छ, ‘नाम होस् या बदनाम होस् तर गुमनाम नहोस्’ यो भनाइ चरितार्थ हुन्छ वर्तमान सरकारका पर्यटनमन्त्री प्रेम आलेलाई।

उनी २०७७ पुषमा पहिलोपटक केपी शर्मा ओलीको नेतृत्वको सरकारमा वन मन्त्री हुँदा रुखलाई अक्सिजन दिने अभिब्यक्ति दिएर निकै चर्चामा आएका आले आजपर्यन्त अनेकौ कारणले चर्चामा छन्। वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटन मन्त्री भएदेखि नै अनेकौं फण्डा र क्रियाकलाप र उनका अश्लिल अभिब्यक्ति बिबाद र चर्चामा आउने माध्यम बनेका छन्।

कतिपय सन्र्दभमा सकारात्मक कामसमेत गरेका आले देउवा सरकारमा मन्त्री भए लगत्तै नारायणहिटी र पशुपतिबाट बतास समूहलाई निकालेर सबैको प्रशंसा बटुलेका थिए। यही समयमै भारतमा कार्यरत एक युवालाई अश्लिल शब्द प्रयोग गरि चर्चामा आएका थिए।

बारम्बार बिबाद र चर्चाृमा आइरहने उनी यस पटक नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द प्रयोग गरेर गाली गरि पुनः चर्चामा आएका छन्। उनले निगमका अध्यक्ष अधिकारीलाई अनेकौं अश्लिल शब्द प्रयोग गरि गालीगलौज गरेको प्रष्ट सुन्न सकिन्छ ।

उनले प्रयोग गरेको शब्दको स्तर हेर्दा मन्त्रीलाई शोभनीय हुने खालको पटक्कै देखिँदैन। निम्नस्तरको अपशब्द प्रयोग गरि आले गाली गलौजमा उत्रेका छन्। नीति निर्माण गर्ने तहमा रहेको मन्त्रीले यी र यस्ता स्तरहीन, असभ्य र निम्नस्तरको गाली गलौजले समग्र सरकारकै उपहास र कर्मचारीतन्त्र माथि नकारात्मक प्रभाव पार्ने गर्दछ।

राजनीतिक पार्टी र तीनका नेताप्रति क्षमता र मर्यादा माथि नै प्रश्न उठाई आगामी दिनमा स्थायी सरकार भनिने कर्मचारीले मन्त्रीको कार्यक्षमता माथि नै प्रश्न नउठाउलान भन्न सकिन्न। उनको उक्त अभिब्यक्ति पश्चात माधव नेपालले मिडिया मार्फत सार्वजनिक रुपमा राजीनामा दिन समेत आग्रह गरेका छन्।

तर उनले राजीनामा दिन्छनु् या दिँदैनन् केही खुलेको छैन। तथापि उनको पार्टीले संसदबाट बजेट पारित भए लगत्तै सरकारबाट फिर्ता बोलाउने संस्थागत निर्याय भने गरिसकेको छ। उसो त उनी नेपाली राष्ट्रिय राजनीतिमा आले जतिबेला झुल्किए त्यतिबेलादेखि नै चचार्मा र अनेकौं बिबादमा परिरहेका हुन्छन्।

कहिले कोराना कालमा सरकारी सिलिण्डरमा आफ्नो तस्बिर अंकित गरेर होस या सार्वजनिक समारोहमा भाषण गर्ने क्रममा बहादुरी प्रदशन गरेर होस उनी निरन्तर बिबाद र चर्चामा आउन भने छोडेका छैनन्।

उनको चर्चा यतिबेला फेरि चुलिएको छ । हुन त उनी केही समय पहिले केपी शर्मा ओलीको एमालेमा रहेका उनी प्रचण्ड माधवको कडा आलोचकका रुपमा प्रस्तुत हुन्थे। त्यो क्रम धेरै लामो समयसम्म चलेन उनी एकाउक युटर्न भएर माधव नेपालको एकीकृत समाजवादमिा देखिए। उनको समाजवादीमा आगमनलाई पनि राजनीतिक भनदा बढि पदीय कारण भएको उनका निकटस्थहरु बताउँछन्।

उनको समाजवादीमा आगमन राजनीतिक कम पदिय कारण बढी भएको चर्चा त्यसबखत मै हुने गर्दथ्यो। उनी माधव नेपालसँग भन्दा पनि तत्कालीन अबसथामा शेरबहादुर देउवासँग डिल गरेर समाजवादीमा आएका चर्चा समेत नभएको होइन्।

यी र यस्तै फण्डाका कारण नेपाली राजनीतिमा उनी सदैव चर्चामा छन्। शुक्रबारको अडियो काण्डले उनको चर्चा फेरि एकपटक चुलिएको छ। नेपाली कांग्रेसबाट राजनीतिक यात्रा तय गरेृका आले एमाले हुँदै एकीकृत समाजवादी सम्म आइपुगेका छन्। उनको अबको यात्रा कता हुन्छ त्यो भने जोकसैले अझैं यकिनका साथ भन्न सक्दैन्। सायद उनकै पार्टी अध्यक्ष माधव नेपाल समेत निर्धक्क छैनन् होला।

कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका मन्त्री आले २०५१ सालमा एमाले प्रवेश गरेका हुन्। वडा सदस्यबाट निर्वाचित हुँदैे दोश्रो संविधान सभाको सदस्य समेत रहेका आले २०७४ को निर्वाचनमा डोटीबाट निर्वाचित भएका हुन्। हाल संघीय मन्त्री छन्। तर उनको राजनीतिलाई भने कतिपयले अस्थिर र अडानविहीन भनेर समेत आरोप लगाउँछन्। माधव नेपालको पार्टीमा स्वयम नेपाल भन्दा शक्तिशाली आले रहेको समेत कतिपयले चर्चा गर्ने गर्दछन्।

एमाले सचिव योगेश भट्टराइले एक टेलिभिजन अन्तर्वार्तामा समेत आलेप्रति इंगित गर्दै माधव नेपालको चाहना र इच्छाले नभइ आले भित्रकै केहीँ अन्तर्निहित शक्तिकै कारणले उनी मन्त्री भएको आक्षेप समेत लगाएका थिए । माधव नेपालले चाहेर पनि आलेलाई मन्त्रीबाट हटाउन नसक्ने उनको भनाइ थियो ।

तर ,आलेको अन्तर्निहित शक्ति भने के हो भन्ने बारे योगेशले खुलाएनन्। तर एमाले बिभाजनको सन्निकट आलेले बुढानिलकण्ठ पुगेर देउवालाई आफूसँग १० सांसद रहेको विश्वास दिलाए पछि देउवाकै कारण मन्त्री भएको समेत बाहिर चर्चा हुने गर्दथ्यो।

मन्त्री आले नेपालको राजनीतिमा सदैब सत्ता र शक्तिमा रहन रुचाइरहने पात्र हुन्। उनको पार्टीले सरकाबाट मन्त्रीलाई फिर्ता बोलाइ नयाँ पठाउने निर्णय गर्दा आले आफ्नो पार्टीको निर्णयको प्रतिवाद गर्दै गठबन्धनका अन्य शिर्ष नेता प्रधानमन्त्री देउवालाई समेत भेटि सरकारबाट नहटाउन अनुनय विनय गरेको समेत खुलासा भएको थियो। उनकै पार्टीका नेताबाट भएको खुलासालाई आलेले ती नेताप्रति इंगित गर्दै ‘चिप्ले किरा’को संज्ञा समेत दिएका थिए। उनले आफ्नै पार्टीृका नेतालाई समेत ‘चिप्ले किरा’ भन्दै आफ्नो बचाउमा उत्रिएका थिए।

सदैब सत्ता र शक्तिमा रहन जे पनि गर्न पछि नपर्ने यी र यस्तै पात्र र प्रवृत्तीले नै माधव नेपालको बन्दै गरेको पार्टीको पुनर्दोय हुन नसक्ने राजनीतिका जानकारहर बताउँछन्। पछिल्लो समय आफ्नै पार्टीको निर्णयको विरुद्ध अर्काे पार्टीको नेताको दैलो चहार्न समेत पछि नपर्ने आले जस्तै पात्र र प्रवृत्तिले माधव नेपालको साख गिर्दो क्ममा रहेको बताइन्छ।

एमाले अध्यक्ष ओलीलाई अनेकौं आरोप लगाई अलग भएका नेपाल आफ्नै पार्टीका नेता कायृकर्ताहरुलाई पार्टी निर्णय कार्यान्वयन गराउन नसक्नु उनको असक्षमता हो । सदैव बिधि र प्रक्रियाका कुरा गरेर नथाक्ने पार्टी निर्णय नमान्ने कार्यकर्ताले माधव नेपालको लागि लज्जाका बिषय हुन्।

एककीृत समाजवादीको बुधबार बसेको स्थायी कमिटीको बैठकले बजेट पास भए लगत्तै सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने औपचारिक निर्णय समेत गरिसकेको छ। बिहीबार सदनबाट बजेट पास भइसेको छ । अब माधव नेपालको पार्टीका आले लगायतका अन्य मन्त्रीहरु सरकारबाट सहजै फिर्ता हुन्छ् या फेरि आफ्नो पार्टीको निर्णय उल्ट्याउन अन्य पार्टीको दैलो चहार्न जान्छन् त्यो भने हेर्न बाँकी नै छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *