सूर्यास्तको समयमा यी काम भुलेर पनि नगर्नुहोस्
काठमाडौं । सूर्योदय र सूर्यास्तलाई दिन र रातको मिलन समय मानिन्छ। त्यसैले यो समयलाई शास्त्रमा निकै महत्वपूर्ण मानिएको छ । शास्त्रमा भनिएको छ कि सूर्यास्तपछि यी काम गर्नु अशुभ मानिन्छ। तपाईंले आफ्ना घरमा पनि घरमा हजुरवुवा हजुरआमाहरुले भन्नु भएको सुन्नु भएको होला। साँझ समयमा सुत्नु हुँदैन अनि कुचो लगाउन हुँदैन । यसो गर्दा माता लक्ष्मी क्रोधित हुन्छिन् । यदि तपाईंले यसो गर्नुभयो भने तपाईंले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। साँझमा माता सरस्वती, माता लक्ष्मी र माता दुर्गाको आगमन हुने ज्योतिषशास्त्रको विश्वास छ । यस्तो अवस्थामा धेरै कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।
साँझको समयमा गर्न नहुने कुराहरु:
साँझको समयमा सुत्नु हुँदैन– सबै कुराको लागि सही समय छ। मानिसहरुले सही बानी बसाल्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ । बेलुकी सुत्नेहरूले यसो गर्नु हुँदैन। यसो गर्नाले व्यक्तिको आयु घट्छ र धेरै रोगको सिकार हुन्छ। सूर्यास्त र साँझ घरमा लक्ष्मीको आगमन हुन्छ । यसका साथै साँझ घरको ढोका बन्द पनि गर्नु हुँदैन। साँझको समयमा जहिले पनि घरको ढोका खुल्ला राख्नु पर्दछ ।
घर वा आँगनमा झाडु नलगाउनु– शास्त्रका अनुसार सूर्यास्त र साँझको समयमा घर झाडु लगाउनु हुँदैन । यदि झाडु लगाउन परे घाम डुब्नु भन्दा पहिले नै लगाइ सक्नु पर्दछ ।
दैलोको संघरमा नबस्नुहोस्–शास्त्रकाअनुसार साँझ घरको सँघारमा बस्नु हुँदैन । अशुभ मानिन्छ । यदि यसो गर्नुभयो भने लक्ष्मी माताको घरमा प्रवेश हुँदैन ।
सहवास गर्नु हुँदैन –साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्पर्क) गर्नु हुँदैन ।
Facebook Comment