नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य
![नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य](https://www.dcnepal.com/wp-content/uploads/2022/06/1-110.jpg)
काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाईन् । यस्तै, अप्सरी बेगमले २२ रनको योगदान गरिन्। यस बाहेक बिन्दु रावलले २३, सिता मगरले ९, ममता चौधरीले ७, कविता जोशीले ४ र काजल श्रेष्ठले १ रन बनाईन् । नेपालकी इन्दु वर्मा शून्यमा आउट भईन्।
हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान १ विकेट लिए।
नेपाल आज हङकङलाई हराएर लगातार चौथाे जित निकाल्ने योजनामा छ। आज जित निकाले नेपाल समूह बीमा विजेता बन्नेछ । नेपालको तीन खेलबाट ६ अंक छ।
प्रतिक्रिया
Facebook Comment