सिंगलहरूलाई आपत, सेक्स गरे ७ वर्षको जेल सजाय हुने !

डिसी नेपाल
८ असार २०७९ १६:४६

काठमाडौं । रंगशालामा बसेर खेल हेर्ने मजा नै अर्कै हुन्छ । त्यो पनि विश्वकपका खेलहरू हुँदा। रमाइलो, पार्टी, कोलाहल… यी सबै मैदानमा र मैदानबाहिर देखिन्छन्। तर नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप हेर्न आउने फ्यानले भने कडा नियम पालना गर्नुपर्नेछ ।

वास्तवमा कतारमा यौन सम्बन्धमा कडा नियमहरू छन्। पति वा पत्नी बाहेक अरु कसैसँग यौनसम्पर्क गर्नु पनि गैरकानूनी छ र कडा सजायको व्यवस्था छ । त्यसैले कतारमा आउने सिंगलहरूले कसैसँग यौनसम्पर्क गरेको पाइएमा प्रहरीले पक्राउ गर्न सक्छ । समलिङ्गी सम्बन्धमा बस्ने जोडीलाई पनि कारबाही गर्न सकिन्छ ।

नियम नमान्ने दर्शकलाई एक–दुई होइन ७ वर्ष जेल सजाय हुन सक्छ । वास्तवमा यसपटक कतारले विश्वकप फुटबल आयोजना गरिरहेको छ । कतारले यस वर्ष हुने विश्वकप फुटबलमा वान नाइट स्ट्यान्डलाई पूर्णरुपमा प्रतिबन्ध लगाइने फुटबल समर्थकलाई चेतावनी दिएको छ । यसमा कोही संलग्न पाइएमा सात वर्षसम्म जेल सजाय हुन सक्छ ।

कतार प्रहरीलाई उद्धृत गर्दै ‘डेली स्टार’ले श्रीमान्–श्रीमती भएर आउँदै हुनुहुन्छ भने ठिक भएको बताएको छ । तर यदि तपाई यस ढाँचामा आउनुभएको छैन भने, सेक्स तपाईको लागि टाढाको सपना साबित हुन सक्छ।

यस वर्षको विश्वकपमा पहिलो पटक सेक्स अनिवार्य रुपले प्रतिबन्धित गरिएको छ । कोलाहल गर्ने पार्टीहरू पनि प्रतिबन्धित छन्। विश्वकपमा खेल सकिएपछि रक्सी पिउने र पार्टी गर्ने फ्यानहरुको चलन रहेको स्मरणीय छ ।

कतारमा विवाह बाहिर यौनसम्पर्क र समलैंगिकता गैरकानूनी छ। यस्तो अवस्थामा कतारका होटलहरूले फरक थरका जोडीलाई कोठा दिइरहेका छैनन् ।

कतारमा हुने फिफा २०२२ विश्वकपका प्रमुख कार्यकारी अधिकृत नासेरले प्रत्येक फ्यानको सुरक्षा हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएका छन् । उनले भने – खुला रोमान्स हाम्रो संस्कृतिको हिस्सा होइन। यहाँ कोही आउँदै हुनुहुन्छ भने देशको नियम मान्नुपर्छ ।

यसैबीच कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारीले पनि खेलमा इन्द्रेणी रङका झण्डा लगाउन प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । उनले भने कि यदि तपाइँ LGBTQ को बारेमा आफ्नो दृष्टिकोण देखाउन चाहनुहुन्छ भने, यसलाई स्वीकार गरिएको समाजमा प्रदर्शन गर्नुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *