पोखराका ठाउँठाउमा पहिरो र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

पोखरा। अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।
बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment