विश्व आर्थिक अबस्था र यसको समाधान

डिसी नेपाल
१२ असार २०७९ ११:१३

विश्वव्यापी कोरोना महामारीका कारण संसारभर लाखौं मानिसले ज्यान गुमाए। अहिले पनि कयौं मानिस मृत्यु शैय्यामा छन्। कयौंको जीवन अस्तव्यस्त भएको छ। कोराना महामारीपछि कयौंको आत्महत्याको बाटो रोजेका छन्।

एकताका कोरोना महामारीको फैलावटले संसारको तन, मन र धन यसैमा लागेको थियो। कोरोना महामारी नियन्त्रणका लागि अरबौं खर्च भयो।
शक्तिशाली राष्ट्रहरु अमेरिका, चीन भारत, फ्रान्स, बेलायतलगात विकसित मुलुक, विकासोन्मुख देशहरु तथा अल्प विकसित मुलुकहरु कोरोना महामारीका कारण आर्थिक मन्दीमा परे।

सन् २०२० र २०२१ भित्र सम्पूर्ण विश्वले नै अत्यन्त दुखः पायो। को धनि, को गरीब यो घुमेको जाँतोमा सबै परे। संसारको आर्थिक अवस्था एकदम जर्जर भयो। यसलाई केही हदसम्म उचाल्न संसारका अर्थबिदहरु र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरु लागिपरे र केही हदसम्म माथि उचालेकै हो।

कोरोना महामारीका कारण विश्वको आर्थिक अवस्थामा केही सुधार आइरहेको बेला फेरि सन् २०२२ फेब्रुअरी २४ देखि अकस्मात युक्रेन र रुसबीचको आन्तरिक कलह राजनीतिक अनमेलले दुई देशबीच हुन पुगेको घमासान युद्धले संसारको आर्थिक अबस्थामा एक अर्को गोलि पड्किन गयो।

सम्पूर्ण आर्थिक अबस्थामा पहिरो गयो। संसार फेरि आर्थिक रुपले घाइते हुन पुग्यो। यो लडाईंंले सम्पूर्ण मानवहरुको मूल्य र मान्यतामा ठुलो संकट पैदा भयो। यो युद्धको प्रभावलेसन् २०२२ को विश्व आर्थिक अबस्थालाई अन्यन्तै कमजोर बनाइ संसारमा ठूलो मुद्रा स्फितिको पहाड खडा हुन पुग्यो।

यसले संसारमा तेल, ग्यास र खाद्य सामाग्रीहरुको चर्को मूल्य वृद्धि र अभाव रह्यो। यो युद्धले बिशेष गरेर संसारका बिशाल बिपन्न बर्गलाई निशाना बनायो। सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ६.१ प्रतिशत थियो भने युद्ध पश्चात यो घटेर सन् २०२२ मा ३.६ प्रतिशतमा सीति भयो।

यस्तो अवस्थाको अबलोकनले अब आउने विश्व आर्थिक वृद्धि दर ३.६ प्रतिशतबाट ३.३ मा झर्ने प्रक्षेपण गरिएको छ। दुई देशबीचको युद्धले गर्दा मुद्रा स्फिति ५.७ प्रतिशत बढी आर्थिक व्यापारमा ८.७ रही संसारको आर्थिक अबस्था डरलाग्दो स्थितिमा रहन गयो।

यो कोरोना महामारी र रसिया-युक्रेन युद्धले संसारका ठूला देशदेखि साना देशसम्म कुनै दिगो बिकाश र निर्माण हुन सकेन। लकडाउनले गर्दा सम्पूर्ण मानिसहरु घरको कोठा भित्र कैदी जस्तो भई रहनु पर्यो। उद्योग कल कारखानाहरु सबै बन्द थिए। सम्पूर्ण ब्यापार ठप्प थियो मानौं कि पृथ्वी नै टक्क अडेको छ!

यसको परिणामले असमानता, धनि र गरिबबीचको खाडल र राजनीतिक अस्थिरता बढ्दै गएकोले संसार आज कुन मोडमा छ भन्न नसकिने अबस्थामा छ। चल्नु ठूलो कुरा होइन तर कसरी चलेको छ त्यो महत्व पूर्ण बिषय हो। बेरोजगारी बढ्दै छ। आर्थिक संकट बढ्दै छ, मुद्राको तरलता बढेकै छ। मुद्राको अभाव बढेको छ। महगीको मार त्यत्तिकै बढेको छ।

कोरोना महामारी र रसिया-युक्रेन युद्धले संसारका ठूला देशदेखि साना देशसम्म कुनै दिगो बिकाश र निर्माण हुन सकेन। लकडाउनले गर्दा सम्पूर्ण मानिसहरु घरको कोठा भित्र कैदी जस्तो भई रहनु पर्यो। उद्योग कल कारखानाहरु सबै बन्द थिए। सम्पूर्ण ब्यापार ठप्प थियो मानौं कि पृथ्वी नै टक्क अडेको छ!

थोरै सामानको लागि धेरै पैसाको लागत बढेको छ। कोरोना महामारीका नयाँ नयाँ भेरिएन्टहरु देखा परिरहेका छन्। हालसाल फेरि ‘मंकीपक्स’ देखा परिरहेको छ। अब फेरि यसले कुन रुप लिने हो थाहा छैन। यस बाहेका फेरि विश्वमा तापक्रम बढेको छ र वातावरणमा फेरबदल आएरे संसारले अर्को बिकराल मोड लिँदैछ।

यस्तो उजाड र अपत्यारिलो संसारको अबस्था हेर्दा आज संसारमा अरबौं मानिसहरु भयानक मानवीय समस्यासँग झेलिरहेका छन्। यस्तोमा विश्व फेरि लडाईं झगडामा अल्झिरहेको छ। अरबौं डलर, पाउण्ड र युरोलगायत विभिन्न देशहरुका मुद्राहरु बेमतलबसँग खर्चिएका छन्। स्वतन्त्रताको नाममा ढ्यांग्रो ठोकी युद्धमा होमिइरहेका छन्।

ठूला राष्ट्रहरु आफ्नो सुरक्षा र रक्षा भनेर हरेक बर्ष अरबौं रुपैयाँ बम, ठूला क्षेप्यास्त्र र बारुद र ट्यांक बनाउन अरबौं खरबौं रुपैयाँ खर्च गरि शक्ति प्रदर्शन गर्ने काममा तल्लीन भएका छन्। यसले विश्वको आर्थिक अबस्थामा कहिले सुधार आउँछ र? अवस्य आउँदैन। यसको ठाउँमा यदि सह–अस्तित्वको दर्शनले ठाउँ पाएको खण्डमा के साना राष्ट्रहरुले यसरी आर्थिक संकट झेलिरहनु पर्दथ्यो र? अवश्य पर्दैन थियो।

मिलेर सबै बस्ने हो र युद्धको ‘यु’ पनि उच्चारण नगरी ‘बसुधैब कुटुम्बकम्’ को दर्शनलाई संसारले अबलम्बन गर्ने हो भने यो संसारमा आर्थिक र राजनीतिक समस्या र अभाब कहिल्यै पनि नहुने कुरा अवस्यम्भाबी छ।

तर संसारको अवस्था त्यस्तो छैन। धनीले गरिबलाई थिच्ने, बलियोले निर्धोेलाई घाँटी निमोठ्ने, ठूला राष्ट्रहरु आ-आफ्नो फरकबाद र बिबाद र बिचारमा सधैं टक्करमा आइरहने, धम्की र डर देखाउन भयानक अरबौं पर्ने हात हतियारहरु, बम र बारुद बनाई राष्ट्रको धन स्वहाः पार्नेतर्फ लागेकाले संसार सधैं आर्थिक संकटले ग्रस्त बन्नु स्वाभाविक हो।

यसको बदलामा ठूला राष्ट्रहरुले साना राष्ट्रहरुलाई आर्थिक साथ र सहयोग प्रदान गर्दा आफ्ना स्वार्थ हेरी ऋण सहयोग र अनुदान दिनुले साना राष्ट्रहरु सधैं ऋणमा चुर्लुम्ब डुब्ने हुँदा यो खाडल कहिले पुरिने हो,यो गम्भीर प्रश्न खडा भएको छ।

तसर्थ संसारमा आर्थिक समुन्नती आउन सोचमै परिबर्तन ल्याई ‘आफू पनि बाचौं र अरुलाई पनि बचाउँ’ भन्ने खुल्ला दिलको नारा संसारमा घन्किने हो भने संसारमा आर्थिक संकट कहिल्यै पनि आउँदैन।

यो कामको जिम्मेवारी संयुक्त राष्ट्रसंघले लिनुपर्छ। संसारमा लड़ाइ झगडा बन्द नभएसम्म एउटा तटस्थ संयुक्त राष्ट्रसंघ संस्था नउदाएसम्म र त्यो संस्था कुनै शक्ति सम्पन्न देशसँग पछि नलागी निष्पक्ष रुपले त्यो संस्थाले काम गर्ने हो भने विश्वमा युद्ध छेड्ने हिम्मत र आँट कसैको पनि हुँदैन।

तर यत्रो मध्यपूर्वको युद्ध्, सिरियाको युद्ध, अफगानिस्तानको युद्ध र हाल चलिरहेको रसिया र युक्रेनबीचको घमासान युद्धलाई संयुक्त राष्ट्रसंघले केही गर्न सकेन र आज सुन्दर देश युक्रेन युद्धले ध्वस्त बनेको छ। यो युद्धले सारा संसारका मानिसहरुको आर्थिक अबस्थामा तुसारापात भएको छ। विश्व अर्थतन्त्रमा अत्यन्त नकारात्मक परिणाम आएको छ।

करोडौं त्यहाँका नागरिकहरु विदेश पलायन भएका छन्। करोडौं टन खाद्यान्न र करोडौं लिटर तेल ग्यास नस्ट भएको छ। यस्तो हुँदा पनि संसार नतमस्तक रह्यो। संयुक्त राष्ट्रसशंघ चुप लागेर बस्यो।

युद्ध शान्त पार्ने भन्दा अमेरिकालगायत नेटोका सम्बद्ध राष्त्रहरुले झन् युक्रेनको लड़ाइमा हातहतियार प्रदान गरि युद्धलाई झन् चर्काए। आखिर अमेरिकाका सैनिक जनरल प्रमुखले फिनल्याण्डमा गएर युद्ध शान्त पार्ने सुझाब दिन पुगे। आर्थिक अबस्था जर्जर अबस्थामा संसारभर फैलिसकेको थियो र आज विश्व आर्थिक मन्दीको सामना गर्न पुगिरहेको छ।

यसरी आर्थिक अपचलन गर्दै लैजाने र विश्वमा आर्थिक समस्या देखाउँदै जाने हो भने विश्वमा आर्थिक समस्या कहिल्यै पनि हटदैन। यो त प्वाल परेको भाँडोमा पानी हाले जस्तै हो। तसर्थ बेलैमा संसारका ठूला राष्ट्रहरु आपसमा मिली असमानताहरु हटाउँदै नलैजाने हो भने यस्तो संसारको आर्थिक दूराबस्थाको लेख, प्रकाशन, रिपोर्ट र विचारधाराको पहाड बन्न मात्र गइ संसारमा सधैं आर्थिक समस्या र मन्दी आइरहने निश्चित छ।

तसर्थ यो संसारको आर्थिक दूरावस्था, आर्थिक अबस्था र यसको समुन्नतिको लागि संसारका देशहरु चलाउने राष्ट्राध्याक्षहरु, अर्थबिदहरु, अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरुको आँखामा नयाँ आकाशको उदय हुनु पर्यो र संसारमा कोही भोका, नांगा र घरविहीन हुन नपर्ने जुक्तिको काम गर्नु पर्यो र प्रत्येकलाई सवल नागरिक भइ बाच्न पाउने अधिकारबाट दिनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *