टेनिस: डकवर्थलाई पराजित गर्दै एन्डी दोस्रो चरणमा

डिसी नेपाल
१४ असार २०७९ ८:५९

काठमाडौं। अस्ट्रेलियाका जेम्स डकवर्थलाई पराजित गर्दै एन्डी मरे मंगलबार राति विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन्। दुई पटकका विम्बल्डन विजेता मरेले डकवर्थमाथि ४-६,६-३,६-२,६-४ को जित निकाले।

सन् २०१७ पछि मरेको विम्बल्डनमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा मरेले तेस्रो चरण सम्मको यात्रा तय गरेका थिए । उनले सन् २०१६ मा विम्बल्डन जितेका थिए।

मरेले बुधबार दोस्रो चरणमा अमेरिकन जोन इन्सको सामना गर्नेछन्। उनले जोनमाथि पछिल्लो आठ खेलमा लगातार जित निकालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *