विम्बल्डनः सेरेना पहिलो चरणमै निराश

डिसी नेपाल
१५ असार २०७९ १२:०४

काठमाडौं। २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन्।

हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍याे। तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन् ।

तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *