विराट कोहलीलाई उछिन्दै टि-२० बरियतामा बाबर आजमको विश्वरेकर्ड
काठमाडौं । भारत र आयरल्याण्ड बिचको टि-२० सिरिज सकिएपछि आइसीसीले नयाँ वरियता सार्वजनिक गरेको छ । ब्याट्सम्यानको सूचीमा पाकिस्तानका कप्तान बाबर आजम नम्बर १ मा कायमै छन् । यससँगै बाबर आजमले ठूलो कीर्तिमान बनाएका छन्, जसमा उनले भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन् ।
आईसीसीले बाबर आजम टी–२० वरीयतामा सबैभन्दा लामो समयसम्म नम्बर १ ब्याट्सम्यान बनेको जानकारी दिएको छ । यसअघि यो कीर्तिमान विराट कोहलीको नाममा थियो, जो १०१३ दिनसम्म टी–२० वरीयतामा नम्बर १ मा रहेका थिए ।
बाबर आजम लामो समयदेखि टी–२० वरीयतामा नम्बर १ स्थानमा छन् । हाल उनको आईसीसी रेटिङ ८१८ छ, जबकि उनको करियरको उत्कृष्ट ८९६ छ। अर्कोतर्फ, विराट कोहलीको कुरा गर्ने हो भने विराट कोहली पनि टप–२० मा परेका छैनन् । विराट कोहली अहिले ५७१ रेटिङका साथ २१ औं स्थानमा छन् ।
Facebook Comment