असारमध्यमा पनि भएन एक चौथाइ रौपाईं

डिसी नेपाल
१६ असार २०७९ १०:३८

पाँचथर। असार १५ बितिसक्दा पनि पूर्व क्षेत्रमा धान रोपाई सन्तोषजनक भएको छैन । प्रदेश १ का १४ जिल्लामा करिव १७ प्रतिशत रोपाई भएको छ।

१ नम्बर प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतमा धान रोपिन्छ। भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का अनुसार करिव १४ लाख हेक्टर खेतमा रोपाइ सकिएको छ।

पूर्वका हिमाली जिल्ला सोलुखम्बु, ताप्लेजुङ र संखुवासभामा १५ प्रतिशस, मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा र उदयपुरमा २६ प्रतिशत र तराईका झापा, सुनसरी र मोरङमा १५ प्रतिशत रोपाई भएको हो।

रासायनिक मलको अभाव, निरन्तरको वर्षासमेतका कारण बिगत वर्षभन्दा अहिले रोपाई ढिलो भइरहेको छ। संखुवासभामा सबैभन्दा कम ११ प्रतिशत र उदयपुरमा धेरै ५१ प्रतिशत खेतमा रोपाई भएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का पूर्व सचिव डा राजेन्द्र उप्रेतीका अनुसार पूर्वमा १२ देखि १३ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। पहाडका तल्लो क्षेत्रमा साउन अन्तिमसम्म रोपाई गरिन्छ।

अधिक तातो स्थान भएकोले झण्डै ३ महिना मै धान पाक्छ । जसका कारण पनि पहाडी जिल्लाका तल्लो क्षेत्रमा रोपाई ढिलो हुन्छ। पाँचथर, तेह्रथुम, भोजपुर, इलामसमेतका तल्लो क्षेत्रमा रोपाईको सुरसार नै नभएकोले समग्रमा धान रोपिएको तथ्याङ्क कम देखिएको हो। असार १५ मा धान रोपाई सुरु गर्ने पुरातन संस्कारका कारण बुधबार प्रायः सबै जिल्लामा धान दिवश मनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *