स्पोर्ट्स हब ओपन ब्याडमिन्टन अर्को महिना

डिसी नेपाल
१७ असार २०७९ १८:५५

काठमाडौं । स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ ।

आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए ।

प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स ९शीर्ष २० बाहेक०, भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त ९देशी तथा विदेशी० आर्मी र पुलिस, महिला एकल ९शीर्ष २० बाहेक०, ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीय स्तरको हुनेछ ।

ब्याडमिन्टन खेलको विकासमा युवाहरूलाई आकर्षित गर्ने र नयाँ प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले यु–१७ लाई प्रतियोगितामा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यु–१७ गल्र्सको हकमा भने महिला खेलाडीहरूको संख्या थोरै हुने अनुमानका साथ महिला एकलमा नै सहभागिता गराउने उद्देश्यले छुटै विधा नराखेको आयोजकले बताएको छ ।

करिब १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पार्छन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन् ।

अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पार्नेछन् । स्थानीय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७ विधामा करिब १५० टिमको सहभागिता हुने प्रतियोगिता संयोजक आङ कुसाङ शेर्पाले जानकारी गराए । आगामी दिनमा यस प्रतियोगितालाई स्तरोन्नति गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा लाने उद्देश्य रहेको समेत आयोजकले जानकारी गराए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *