सपनामा देखिएका यी ५ कुराले धन प्राप्तिको गर्छ संकेत

डिसी नेपाल
१९ असार २०७९ १३:०१

काठमाडौं । निन्द्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो। सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ। सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, सब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ। यो निन्द्राको चरणलाई निन्द्राको रेड आई मोवेमेंट चरण भनिन्छ।

निन्द्रामा देखेको सपनाको कुराहरु मानिसको जीवनसंग सम्बन्धित हुन पनि सक्छ र नहुन पनि सक्छ। सपना शास्त्रमा मानिसले सपनामा देखेका वस्तुहरूको बारेमा उल्लेख छ। यस्ता धेरै सपना छन्, जसले आउने भोलिको शुभ र नराम्रो संकेत दिन्छ। ज्योतिषशस्त्रीहरु सपनामा देखिएका यी ५ वटा वस्तुको बारेमा बताउँदै छन्, जसले धन लाभ हुने संकेत गर्दछ ।

–स्वपनविज्ञानका अनुसार धनकी देवी लक्ष्मीलाई सपनामा देख्नु निकै शुभ मानिन्छ । यो सपनाले तपाईलाई अपार धन प्राप्तिको संकेत गर्दछ ।

सपना विज्ञानका अनुसार यदि तपाईंले सपनामा सेतो हात्ती देख्नुभएको छ भने आफूलाई भाग्यमानी सम्झनुहोस् । यसको मतलब तपाईं छिट्टै धनी हुनुहुनेछ।

–सपना विज्ञानका अनुसार सपनामा उज्यालो घामको किरण देख्नुको अर्थ जागिर वा व्यवसायमा अथाह प्रगति हुने सम्भावना छ । तपाईको जीवनमा सकारात्मक परिवर्तन आउन सक्छ।

–सपना विज्ञानका अनुसार सपनामा सेतो वा सुनौलो सर्प देख्नुको अर्थ तपाईलाई कतैबाट अचानक धन आर्जन हुन लागेको हो, जसले तपाईको दिन नै बदलिनेछ ।

–सपना विज्ञानका अनुसार यदि तपाईंले आफूलाई हवाई यात्रा गरिरहेको देख्नुभयो भने, तपाईंले नयाँ उचाइ प्राप्त गर्न लाग्नु भएको छ भन्ने बुझ्नुहोस्। तपाईं राम्रो समय बिताउन लाग्दै हुनुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *