अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण
![अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण](https://www.dcnepal.com/wp-content/uploads/2022/07/janagrdan-sharma.jpg-e1656851338679.jpg)
काठमाडौं । गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् ।
दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो । भेटमा राजदूत अल हेलले ‘कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको’ सामाजिक सञ्जालमार्फत शर्माले जनाए ।
कतार विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । जसका लागि ३२ देशले छनोट पूरा गरिसकेका छन् ।
प्रतिक्रिया
Facebook Comment